images
images

कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारले पटक्कै सुशासन दिन सकेको छैन : कांग्रेस नेता कोइराला

कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारले पटक्कै सुशासन दिन सकेको छैन : कांग्रेस नेता कोइराला

बिहिवार, चैत ७ २०८१
बिहिवार, चैत ७ २०८१
  • कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारले पटक्कै सुशासन दिन सकेको छैन : कांग्रेस नेता कोइराला
    images
    images
    images
    images

    काठमाडौँ / नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन नसकेको बताएका छन् । बिहीबार काठमाडौँमा गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा आयोजित ’गिरिजाप्रसाद र लोकतन्त्र’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकारमा हुने मन्त्रीहरूले एमालेसँग सहकार्य गर्ने बाध्यता रहेको भन्दै सत्ता पक्षमा भएको तर सरकारमा नभएको कांग्रेसको नेताहरूको काम सरकारलाई खबरदारी गर्ने रहेको बताए । 

    उनले भने, “म के भन्छु भने नेपाली कांग्रेस र एमाले सरकारमा छौँ । सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो । भन्न त मिल्दैन तर सुशासन पटक्कै छैन भने पनि हुन्छ । उहाँहरूलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ । मन्त्रिपरिषद्मा जान्छ । उहाँहरूलाई मन लाग्यो भने तेस्रो नम्बरलाई लिनुहुन्छ । त्यसरी जानुभएको छ । मैले जहाँ पनि भनिरहेको छु । कांग्रेस सत्ता पक्षको हो । तर सरकारमा छैनौं । सरकारमा हुने मन्त्रीहरूले सहकार्य गर्नुहोस् एमालेसँग केही आपत्ति छैन् । तर जो सत्ता पक्षमा छौं तर सरकारमा छैनौँ । हाम्रो काम खबरदारी गर्ने हो ।”

    त्यस्तै उनले आज देशको परिदृष्य हेर्दा भयावहक अवस्थामा रहेको बताए । गिरिजाप्रसाद वितेको १५ वर्ष भइसक्दा पनि उनीबाट कांग्रेसका नेताहरूले पाठ सिक्न नसकेको बताए । 

    उनले भने, “जुन परिदृष्य देखिरहनु भएको छ, देशको जुन अवस्था बुझिरहनु भएको छ । तर भयावहक अवस्था देशमा छ । गिरिजाप्रसाद भएको भए के हुन्थ्यो होला त भन्ने लाग्छ होला । उहाँ देशको अवस्थाप्रति अत्यन्तै चिन्तित हुनुहुन्थ्यो । तर १८–१९ वर्ष भइसक्यो, गिरिजाप्रसाद वितेको पनि १५ वर्ष भइसक्यो । हामीले पाठ नै सिकेनौँ । नेताहरूले हामीहरूले केही पाठ नै सिक्न सकेनौँ ।”

    त्यस्तै उनले कांग्रेस कहिले माओवादी त कहिले एमालेकोपछि लागेको भन्दै अब कांग्रेसले यसरी जाने भनेर निर्णय गर्न सक्नुपर्ने बताए । 

    कार्यक्रममा सुजता कोइराला,चन्द्र भण्डारी र भिष्मराज आङदाम्बे लगायतले सम्बोधन गरेका थिए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com