images
images

रुसी सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी

रुसी सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी

शुक्रवार, चैत ८ २०८१
शुक्रवार, चैत ८ २०८१
  • रुसी सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी
    images
    images
    images
    images

    एजेन्सी / रुसले बिहीबार आफ्नो सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ ।  त्यस्तै युक्रेनी पक्षले विगत २४ घण्टामा रुसी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको जनाएको छ ।

    रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, रुसी सेनाले विगत २४ घण्टामा १५३ क्षेत्रहरूमा युक्रेनी सैन्य हवाई क्षेत्रको पूर्वाधार, कमाण्ड पोस्ट, ड्रोन भण्डारण सुविधा, गोला बारुद र हतियार बोक्ने सैन्य रेलहरू, र सेना र उपकरण केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ।

    रुसी सेनाले खार्किभ, डोनेट्स्क र जापोरिजियाको दिशामा युक्रेनी आक्रमणहरूलाई विफल पारेको दाबी गरेको छ । रुसी वायु रक्षा बलले २२५ युक्रेनी ड्रोनलाई अवरुद्ध गरेको पनि जनाएको छ ।
    कुस्र्क क्षेत्रमा, रुसी सेनाले युक्रेनी हतियार र दुई ड्रोन नियन्त्रण बिन्दुहरू नष्ट गरेको दाबी गरेको छ । तर यता, युक्रेनी सशस्त्र बलका जनरल स्टाफले आफूहरुले गरेको आक्रमणको कारण हवाई क्षेत्रमा विस्फोट र आगलागी भएको र त्यसपछि दोस्रो विस्फोट भएको दाबी गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com