नगरप्रमुख शाहीको प्रशंसा नगर्दा शिक्षक बरालको सरुवा

नगरप्रमुख शाहीको प्रशंसा नगर्दा शिक्षक बरालको सरुवा

मंगलवार, चैत १२ २०८१
मंगलवार, चैत १२ २०८१
  • images
    images
    नगरप्रमुख शाहीको प्रशंसा नगर्दा शिक्षक बरालको सरुवा

    कालीकोटको रास्कोट नगरपालिकामा शिक्षक कृष्णप्रसाद बराललाई नगरप्रमुख धर्मराज शाहीको प्रशंसा नगरेको भन्दै नियमविपरीत सरुवा गरिएको आरोप लागेको छ। नगरप्रमुखको व्यक्तिगत पूर्वाग्रहका कारण बराल र खेमराज न्यौपानेलाई शिक्षा समितिको निर्णयविपरीत सरुवा गरिएको हो।

    शिक्षकहरूले माओवादी आस्थाभन्दा फरक विचार राखेकै कारण तलब कटौतीदेखि सरुवासम्मको अन्याय भोग्नुपरेको बताइएको छ। यसअघि पनि मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक पदबाट बराललाई हटाई माओवादी समर्थक अमरनाथ योगीलाई जिम्मेवारी दिइएको थियो।

    शिक्षा ऐन र स्थानीय सरकार सञ्चालन ऐनअनुसार शिक्षा समितिलाई स्थायी शिक्षकको सरुवा गर्ने अधिकार छैन, तर नगरप्रमुख शाहीले शिक्षा शाखालाई मनलाग्दी निर्देशन दिँदै आफ्ना पार्टी समर्थकलाई प्राथमिकता दिएको आरोप छ।

    सरुवा निर्णयविरुद्ध उच्च अदालतमा मुद्दा दायर भए पनि नगरप्रमुखले सहमतिको आश्वासन दिएर मुद्दा अघि बढ्न नदिएको र सरुवा बदर गर्न अस्वीकार गरेको जनाइएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय