काठमाडौँ / बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । मङ्गलबारको तुलनामा आज छापावाल सुन तोलामा २ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भने १ लाख ७३ हजार ३ सय रुपैयाँ थियो । यता, चाँदी पनि तोलामा १० रुपैयाँ बढेर १ हजार ९९० रुपैयाँ पुगेको छ । यसअघि तोलामा १ हजार ९८० रुपैयाँ थियो ।
