आज विक्रम संवत २०८२ साल बैशाख ४ गते बिहीबार तदनुसार ईश्वी सन् २०२५ अप्रिल १७ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख कृष्णपक्ष, चतुर्थी तिथि, ज्येष्ठा नक्षत्र, आनन्दादिमा–काल योग । चन्द्रराशि–बृश्चिक ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ । रोकिएका काम दोहोर्याएर गर्दा सम्पन्न हुनेछ । व्यापार व्यवसायमा पर्याप्त समय दिन नसक्दा सोचेअनुसार फाइदा नहुन सक्छ । समयअनुसार चल्न नसक्दा पछि परिनेछ । पुराना समस्याहरू दाहोरिन सक्छ । चुनौतिपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला । कडा परिश्रम गरे पनि परिस्थिति आफू अनकूल नहुँदा तत्काल सफल हुन कठिन छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसायका लागि यात्रा हुनसक्छ । कार्यक्षेत्रबाट उचित प्रतिफल मिल्नेछ। व्यापार व्यवसायको क्षेत्रमा गरिएको लगानीबाट मनग्य लाभ मिल्नेछ । रचनात्मक काम सम्पन्न हुनसक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पन्न हुने भएकोले मान सम्मान बृद्धि हुनेछ । आर्थिक पक्ष सबल रहेको छ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार व्यवसायको लागि यात्रा गर्नुपर्ला छ । प्रतिष्ठित काम सम्पादन हुनेछ । कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूबाट सहयोग मिल्नेछ । आज सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । यात्रामा आफ्नो मालसामान तथा रकम हराउन सक्छ, ख्याल गर्नुहोला । व्यापार तथा सेयर बजारमा गरिएको लगानीले भने फाइदा दिलाउनेछ । मेहनतले प्रतिस्पर्धामा विजयी भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगनशीलताले लक्ष्य प्राप्त गर्न सकिनेछ । कार्यक्षेत्रमा राम्रोसँग सोचविचार गरेर निर्णय गर्नुहोला । व्यापार व्यवसायमा मनग्य लगानी गरी आम्दानी बृद्धि गर्न सकिनेछ । नयाँ योजना बनाउन सकिनेछ । विभिन्न उपहार तथा भौतिक सम्पत्ति प्रापत हुनेछ । बौद्धिकताको उपयोगले आँटेको काम सम्पादन हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । दिगो फाइदा हुने काम बन्ने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायबाट आम्दानी गर्नका लागि अन्य दिनभन्दा बढी खट्नुपर्ला । राजनीति तथा सामाजिक काममा समय दिएअनुसार पद प्रतिष्ठा नपाइन सक्छ । निर्णय लिनेअघि राम्रोसँग सोचविचार गर्नुहोस् । मेहनत गर्दा चुनौतिपूर्ण काम सम्पादन हुनेछ । आफन्त र सहयोगीको साथले भविष्यमा फाइदा दिलाउने काम प्रारम्भ हुनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्नेहरूले भने सोचेजस्तो फाइदा लिन सक्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मेहनतले परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापार व्यवसायमा लगानी गरेअनुसार आम्दानी नहुन सक्छ । नियमित काममा अवरोध सिर्जना हुनसक्छ । आफ्नो मेहनतको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । अवसर आए पनि नयाँ काम सुरु गर्नुअघि राम्रोसँग सोचविचार गर्नुहा्स् । कडा मेहनतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फजुल खर्च बढ्ने समय छ । कार्यक्षेत्रमा र व्यापार व्यवसायमा आफ्नो योजना सार्वजनिक नगर्नुहोला । नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा मनग्य आम्दानी गर्न सकिनेछ । मनपर्ने भौतिक वस्तु जोड्न सकिनेछ । सानो प्रयत्नले महत्त्वूर्ण काम सम्पादन हुनेछ । आयआर्जनको स्रोत बढ्नेछ । दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ भने प्रतिस्पर्धामा विजयी भइनेछ । आम्दानीका स्रोतहरू बृद्धि हुनेछ । व्यापार व्यवसायमा लगानी गरेर मनग्य फाइदा लिन सकिनेछ । लामो समयदेखि रोकिएको रकम हात पर्ने समय छ । नयाँ काम पाउने र नोकरीमा पदोन्नति हुने समय छ । पराक्रमले कीर्तिमानी काम गर्ने समय छ । आज गरिउको कामबाट मान सम्मान बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोस् । अनावश्यक ठाउँमा खर्च बढ्नेछ । व्यापार व्यवसायमा सोचेजस्तो आम्दानी नहुँदा आर्थिक सङ्कट झेल्नुपर्ला । विदेशी सामानको व्यापार व्यवसाय भने फस्टाउनेछ । अवसरको लागि दौडधूप गर्नुपर्ला । एउटै काम दोहोर्याएर गर्नुपर्ला । यद्यपि, आज उपलब्धिमूलक यात्राको प्रक्रिया सुरु हुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार व्यवसायबाट लाभ मिल्ने समय छ । शुभचिन्तक र सहयोगीहरूको साथ मिल्नेछ । आर्थिक पक्ष सबल छ । सेयर बजार र वित्तीय क्षेत्रमा लगानी गरेर आम्दानी बृद्धि गर्न सकिनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्य आम्दानी गर्न सकिनेछ । आम्दानीको स्रोतहरू बढ्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। पहिले गरेका कामबाट पनि फाइदा हुनेछ भने कृषि, पशुपालन तथा व्यापारबाट पनि लाभ मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको प्रशंसा हुनेछ । अवसर प्राप्त हुने योगछ । व्यापार व्यवसायलाई परिस्थिति अनुसार ढालेर आम्दानी बृद्धि गर्न सकिनेछ । पैतृक सम्पत्ति प्रयोग गरेर आम्दानी बढाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। व्यापार व्यवसायमा लगानी बढाउने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्यक्षेत्रमा बोलीको प्रभावले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । व्यापार व्यवसायमा महत्त्वपूर्ण निर्णय लिनुअघि अभिभावकको सल्लाह लिनुहोस् । प्रतिष्ठित काम सम्पादन गर्न सकिने समय छ । विशिष्ट व्यक्तिहरूबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग छ । तारिफयोग्य काम थालनी हुनेछ। बुद्धिको उपयोगले अरुलाई आफ्नो पक्षमा पार्न सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।