images
images

रोयल इनफिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट नेपालमा सार्वजनिक, मूल्य ५.५५ लाखदेखि

रोयल इनफिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट नेपालमा सार्वजनिक, मूल्य ५.५५ लाखदेखि

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • रोयल इनफिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट नेपालमा सार्वजनिक, मूल्य ५.५५ लाखदेखि
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ/  रोयल इनफिल्डले नेपालमा आफ्नो नयाँ मोडल क्लासिक ३५० आज सार्वजनिक गरेको छ। 

    कम्पनीले पाँच भिन्न भेरियन्टमा उपलब्ध यस मोटरसाइकलको सुरुवाती मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ। 

    आधुनिक प्रविधि र परम्परागत डिजाइनको संयोजनमा ल्याइएको यस बाइकले नेपाली बजारमा नयाँ ऊर्जा भर्ने अपेक्षा कम्पनीले राखेको छ । 

    क्लासिक ३५० को सबैभन्दा सस्तो भेरियन्ट हेरिटेज, मद्रास रेड र जोधपुर ब्लू रंगमा उपलब्ध छ, जसको मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ। 

    त्यसपछि हेरिटेज प्रिमियम भेरियन्ट, मेडालियन ब्रोन्ज रंगमा उपलब्ध, ५ लाख ६६ हजार रुपैयाँमा पाइन्छ। सोही मूल्यमा उपलब्ध अर्को भेरियन्ट सिग्नल्स हो, जुन कमाण्डो स्यान्ड रंगमा ल्याइएको छ।

    त्यसपछि डार्क भेरियन्ट, गन ग्रे र स्टेल्थ ब्ल्याक रंगमा ल्याइएको छ, जसको मूल्य ५ लाख ७३ हजार रुपैयाँ रहेको छ। सबैभन्दा महँगो भेरियन्ट क्रोम हो, जुन आकर्षक इमराल्ड ग्रिन रंगमा उपलब्ध छ र यसको मूल्य ५ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

    royal infield.JPG

    यी सबै भेरियन्टमा डुअल च्यानल एबीएस, एलईडी हेडल्याम्प, एलईडी पाइलट ल्याम्प, टाइप–सी युएसबी चार्जर र गियर इन्डिकेटरजस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्। क्लासिक डिजाइनमा आधारित भए पनि टेक्नोलोजीको हिसाबले यी बाइकहरू निकै परिष्कृत बनाइएका छन्।

    रोयल इनफिल्ड क्लासिक ३५० नेपालमै बीरगञ्जस्थित सिकेडी प्लान्टमा उत्पादित बाइक हो। यस प्लान्टबाट बुकिङ, टेस्ट राइड तथा विक्री आजदेखि नै सुरु भएको छ। नेपालमै उत्पादन गरिएपछि ग्राहकले अब अन्तर्राष्ट्रिय गुणस्तरको बाइक सहज मूल्यमा प्राप्त गर्न सक्नेछन्।

    क्लासिक ३५० सार्वजनिक गर्दै कम्पनीका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरिया भन्छन्ः

    नेपाली बजार हाम्रो लागि सधैं विशेष रहँदै आएको छ। 

    सिकेडी सञ्चालनको छोटो अवधिमा नेपाली ग्राहकहरूले देखाएको माया र विश्वासले हामीलाई निकै गर्वित बनाएको छ। 

    उनले थपे, “मध्यम क्षमता (२५०–७५० सीसी) मोटरसाइकलका ८० प्रतिशत भन्दा बढी ग्राहकले रोयल इनफिल्ड रोज्नु हाम्रो लागि प्रेरणादायक छ।

    Royal infield (12).jpg

    हामी उत्पादनमा निरन्तर सुधार गर्दै ग्राहकका सवारी अनुभवलाई अझ सहज बनाउने प्रतिवद्धतासहित अघि बढिरहेका छौँ।”

    क्लासिक ३५० पाँच भेरियन्टमा उपलब्ध भए पनि प्रत्येकमा छुट्टै शैली र सन्देश समेटिएको छ। हेरिटेज भेरियन्टले क्लासिक रोयल इनफिल्डको सांस्कृतिक जरा सम्हाल्छ भने हेरिटेज प्रिमियम भेरियन्टले उसलाई थप आकर्षक बनाएको छ। 

    सिग्नल्स भेरियन्ट सशस्त्र बलसँगको सम्बन्ध दर्शाउने उद्देश्यले बनाइएको छ, जसले सेवा र सम्मानको सन्देश दिन्छ। डार्क भेरियन्टमा आधुनिकता र रहस्यमय आकर्षण मिसिएको छ भने क्रोम भेरियन्ट पुरानो भिन्टेज शैलीको आधुनिक प्रतिनिधित्व हो।

    क्लासिक ३५० ले मोटरसाइकल केवल यातायातको साधन नभई व्यक्तित्वको अभिव्यक्ति पनि बन्न सक्ने सन्देश दिन खोजेको छ। यसको डिजाइन, इन्जिनियरिङ र प्रदर्शनले यो बाइकलाई सांस्कृतिक प्रतीकको रूपमा स्थापित गर्न सफल भएको कम्पनीको विश्वास छ।

    रोयल इनफिल्डले १९५५ देखि भारतमा प्लान्ट स्थापना गरी मोटरसाइकल उत्पादन थालेको हो। त्यसयता यस ब्रान्डले विश्वभर आफ्नो पहिचान बनाएको छ। 

    Royal infield (22).jpg

    हाल नेपाल, बंगलादेश, ब्राजिल, थाइल्याण्ड, अर्जेन्टिना र कोलम्बियामा सिकेडी प्लान्टमार्फत मोटरसाइकल एसेम्बल गरिरहेको छ।

    रोयल इनफिल्डले हालै विद्युतीय सवारी ब्रान्ड ‘फ्लाइङ फ्ली’ समेत सार्वजनिक गरिसकेको छ। कम्पनीले मोटरसाइकललाई आधुनिक प्रविधिसँग जोड्दै नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गर्दै विश्वव्यापी बजार विस्तार गरिरहेको छ।

    नयाँ क्लासिक ३५० ले नेपाली बजारमा रोयल इनफिल्डको मजबुत उपस्थिति अझ सशक्त बनाउने र ग्राहकहरूको मन जित्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com