काठमाडौँ / सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला १ लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा ८ सय रुपैयाँ घटेको हो ।
आज सुन प्रतितोला १ लाख ८९ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी भने स्थिर रहेको छ । बिहीबार एक हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।