images
images

बेइजिङमा मानिस होइन २० रोबोट  २१ किमी हाफ–म्याराथन भाग लिए

बेइजिङमा मानिस होइन २० रोबोट  २१ किमी हाफ–म्याराथन भाग लिए

शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • बेइजिङमा  मानिस होइन २० रोबोट  २१ किमी हाफ–म्याराथन भाग लिए
    images
    images
    images
    images
    images
    images

    विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन चीनको बेइजिङमा आयोजना गरिएको छ । जसलाई विश्वकै पहिलो मानवजस्तै रोबोट हाफ म्याराथन भनिएको छ ।

    म्याराथानमा पहिलो पटक रोबोट र मानवले छुट्टाछुट्टै ट्र्याकमा आफूलाई प्रस्तुत गरेका थिए । प्रतियोगितामा चीनभरिका टोलीहरूबाट जम्मा २० वटा मानवोइड रोबोटहरूले भाग लिएका थिए ।

    २१ किलोमिटर लामो मार्गमा उनीहरु सहभागी भएका हुन् । उत्कृष्ट नतिजा प्राप्त गर्न, प्रत्येक टोलीले लामो दूरीको दौडको लागि आफ्नो रोबोटहरूमा धेरै मेहेनतका साथ सहभागिता जनाएका थिए ।

    robert chian.jpg

    उक्त कार्यक्रमलाई आयोजकले केवल खेलकुद प्रतियोगिता मात्र नभइ मानवजस्तै रोबोटहरूको विश्वसनीयता, टिकाउपन र सुरक्षा जस्ता व्यापक क्षमताहरूको परीक्षणका रुपमा प्रस्तुत गरेको जनाएका छन् । 

    ह्युमनोइड रोबोटहरूको लागि आठ  स्टेशनहरू पनि स्थापना गरिएको थियो । जहा रोबोटहरूलाई ब्याट्री परिवर्तन गर्न अनुमति प्रदान गरिएको थियो । 

    सो क्रममा ‘अटियांगोङ अल्ट्रा’ ह्युमनोइड रोबोटले आठ किलोमिटर प्रति घण्टाको गतिमा म्याराथनको विजेता बनेको थियो । (सीसीटीभीप्लस)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com