images
images

विदेशमा पढ्न जानेहरुलाई लक्षित गर्दै शुभयात्रा कलेक्सनले विस्तार ग¥यो बानेश्वरमा आउटलेट

विदेशमा पढ्न जानेहरुलाई लक्षित गर्दै शुभयात्रा कलेक्सनले विस्तार ग¥यो बानेश्वरमा आउटलेट

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • विदेशमा पढ्न जानेहरुलाई लक्षित गर्दै शुभयात्रा कलेक्सनले विस्तार ग¥यो बानेश्वरमा आउटलेट
    images
    images
    images
    images
    images
    images

     उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूलाई लक्षित गर्दै शुभयात्रा कलेक्सनले आउटलेट विस्तार गरेको छ । शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरू गरेको हो । 


    विदेशमा पढ्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै एकै छानामूनी विदेश लैजान आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको यस कम्पनीले आफ्नो शाखा बानेश्वरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको  छ ।

    कम्पनीका अध्यक्ष दर्शन खनालका अनुसार नयाँ आउटलेटमा लत्ताकपडा, युटेन्सिल्स, इलेक्टोनिक्स् सामान, जुत्ता, ब्यागेज, स्टेशनरी लगायतका विभिन्न सामानहरू उपलब्ध रहेको छ ।

    shubha yatra nepal.jpg

    विदेशमा उच्च शिक्षाका लागि जान लागेका विद्यार्थीहरूको सामान पनि उपलब्ध गराइएको कम्पनीको भनाइ छ । कम्पनीले सफारी, गोल्डस्टार जुत्ता तथा ३६५, एलभीडी लगायतका अन्य सामानहरू समेत आउटलेटमा राखेको छ । 

    साथै नयाँ आउटलेट शुरू गरिएको अवसरमा कम्पनीले स्पिनिङ ह्वीलमा  ७५ प्रतिशतसम्म छुटको समेत व्यवस्था गरेको अध्यक्ष खनालले जानकारी दिए । उनका अनुसार यो अफर एक साताका लागि मात्र मान्य हुनेछ । 

    करीब साढे २ वर्षदेखि काठमाडौंको पुतलीसडकमा सञ्चालन हुँदै आएको शुभयात्रा कलेक्सनको यो दोस्रो शाखा हो । 

    विद्यार्थीहरूको मागलाई लक्षित गर्दै कम्पनीले अन्य स्थानमा पनि शाखा सञ्चालन गर्ने योजना रहेको खनालले जानकारी दिए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com