images
images

सेयर बजार : दोस्रो दिन पनि निराश लगानीकर्ता, नेप्से ७.७५ अङ्कले घट्दा सामान्य बढ्यो कारोबार रकम

सेयर बजार : दोस्रो दिन पनि निराश लगानीकर्ता, नेप्से ७.७५ अङ्कले घट्दा सामान्य बढ्यो कारोबार रकम

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • सेयर बजार : दोस्रो दिन पनि निराश लगानीकर्ता, नेप्से ७.७५ अङ्कले घट्दा सामान्य बढ्यो कारोबार रकम
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / साताको दोस्रो कारोबार दिन पनि सेयर बजार ओरालो लागेको छ । यो दिन नेप्से परिसूचक ७.७५ अङ्कले घटेर २६९८.२८ बिन्दुमा झरेको छ । आइतबार नेप्से १६.६८ अङ्कले घटेर २७०६.०४ बिन्दुमा पुगेको थियो। 

    सोमबार ११२ कम्पनीको मूल्य बढेको छ भने १३३ वटाको घटेको छ । नेप्से परिसूचक घटे पनि आज कारोबार रकममा सामान्य सुधार आएको छ । 

    आइतबार ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँको मात्रै कारोबार भएकोमा आज ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।

    आज कुल ३१९ धितोपत्रको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर ७८ हजार ६७८ पटकमा खरिद बिक्री भएको छ ।  
    सोमबार कारोबारमा आएकामध्ये ६ समूहको परिसूचक सामान्य बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ । 

    यस दिन सर्वाधिक बढी व्यापार समूहको परिसूचक १.५२ प्रतिशतले घटेको छ भने वित्त समूह १.०३ प्रतिशत, अन्य १ प्रतिशत, निर्जीबन बिमा ०.११ प्रतिशत, जीवन बिमा ०.१६ प्रतिशत र बैंकिङ समूह ०.८५ प्रतिशतले घटेको छ । 

    सोमबार हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा बढी ०.७७ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड ०.४४ प्रतिशत, विकास बैंक ०.४३ प्रतिशत, लगानी ०.१७ प्रतिशत र होटल तथा पर्यटन समूह ०.०६ प्रतिशतले घटेको छ । 

    सोमबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक बढी ९.९९ प्रतिशतले बृद्धि भएको छ । 

    त्यस्तै, कर्पोरेट डेभलपमेन्टको सेयर मूल्य ९.८८ प्रतिशत, युनिभर्सल पावर कम्पनी ९.८० प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ९.०७ प्रतिशत र सनराइज फर्स्ट म्युचुअल फण्डको सेयर मूल्य ७.८१ प्रतिशतले बढेको छ ।  

    यता, १५ प्रतिशत ब्याजदरको गुडवील फाइनान्स लिमिटेड डिवेन्चर २०८३ को इकाई मूल्य सर्वाधिक बढी ७.७५ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल–सेकेण्डको इकाई मूल्य ७.७० प्रतिशत र नेपाल एसबिआई बैंकको सेयर मूल्य ४.१७ प्रतिशतले घटेको छ । 

    सोमबार सर्वाधिक बढी ङादी ग्रुप पावरको कारोबार रकम रहेको छ । यो कम्पनीको ५३ करोड ९९ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा युनिभर्सल पावर कम्पनीको ५२ करोड ४७ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com