images
images

एमएडब्लु वृद्धिले प्राप्त गर्यो चांगानबाट प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

एमएडब्लु वृद्धिले प्राप्त गर्यो चांगानबाट प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • एमएडब्लु वृद्धिले प्राप्त गर्यो चांगानबाट प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिलाई चीनको चोङकिङमा आयोजना भएको २०२५ चांगान अटोमोबाइल ओभरसिज पार्टनर कन्फिरेन्समा प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ले सम्मान गरेको छ । 

    नेपालभित्र ग्राहक सेवालाई प्रत्याभुत गर्न र चिनियाँ दोस्रो ठूलो अटोमोबाइल निर्माता चांगान ब्रान्डलाई प्रभावकारी रूपमा प्रबद्र्धन गर्न डिलरसिप नेटवर्क विकास तथा विस्तारमा महत्वपूर्ण उपलब्धी हासिल गरेको भन्दै चांगानले एमएडब्लु वृद्धिलाई यो सम्मान दिइएको छ । 

    दिपलले केही समयअघि नेपालमा आफ्नो पहिलो वर्ष मनाएको थियो । यो एक वर्षमा दिपलले ८ सयभन्दा बढी कार बिक्री गर्नुका साथै एकसयभन्दा बढी चार्जिंग स्टेसनहरूको सञ्जाल बनाउन सफल भएको थियो । हाल नेपालमा एस०७, एस०७ एल, ई०७ र एल०७ गरी चार मोडल उपलब्ध छन् । 

    चीनकै सबैभन्दा पुरानो कार निर्माता चांगानको यो सम्मानबाट एमएडब्लु वृद्धि गर्व गर्छ । साथै, ग्राहकलाई विश्वस्तरीय उत्पादन र सेवा दिन अझ बढी प्रतिबद्ध बनेको छ । एमएडब्लु वृद्धिलाई चांगानले यसअघि दीर्घकालिन उर्जा तथा वातावरणमैत्री यातायातको विकास गरेको भन्दै सांग्रिला न्यु इनर्जी डेभलपमेन्ट अवार्ड दिएको थियो ।

    नेपाली बजारले विशेषतः डिजाइन र प्रविधिका कारण दिपलका इभीहरूलाई रूचाएको हो । अटोमोबाइल डिजाइनको हब भनेर चिनिने इटालीको टुरिनमा डिजाइन भएको दिपल इभीमा ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरू छन् जसका कारण सार्वजनिक भएको एक वर्षमै यो सफल ब्रान्ड बनेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com