काठमाडौँ / एसएमएल इसुजुले नेमालका लागि एक मात्र आधिकारिक वितरकको रूपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मित एसएमएल इसुजुले बस तथा ट्रकहरू निर्माण गर्दै आएको छ ।
नेपाली भु-बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल इसुजुका सवारी साधानहरू बिगत लामो समयदेखि लोकप्रिय रहँदै आएको छ ।
एसएमएल इसुजुको आधिकारिक वितरक भएसँगै लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रमक बजार बिस्तार तथा सुदृढीकरण लागि सदैव तत्पर रहने जनाएको छ ।
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले बिगत सात वर्षदेखि एसएमएल इसुजुका सवारी साधान बिक्री गर्दै आएको तथा हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको तथा आगामी दिनमा अंझै बिस्तार गर्दै लैजाने यस कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए ।
खड्काका अनुसार लक्ष्मी कमर्सियल भेहिकल्सले ग्राहकको सहजताको लागी देशैभर स्पेयर पार्टसको उपलब्धता सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।
सो ब्राण्डप्रति हामीले देखाएको समर्पण प्रतिबद्धता र मेहनतलाई मध्यनजर गर्दै एसएमएल इसुजुले एक मात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको हो । कम्पनीको उक्त निर्णयबाट अत्यन्त खुसी र उत्साहित रहेको पनि खड्काले बताए ।
एसएमएल इसुजुको नेपाली बजारमा लाइट तथा मिडियम ट्रक टिप्पर साथै स्कुल बस र स्टाफ बसअन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरू उपलब्ध छन् ।
स्कुल बस सेग्मेन्टमा सो ब्राण्डले विगत लामो समयदेखि बजारको अग्रणी स्थानमा रहेको पनि जानकारी गराएको छ ।
*केही शब्द सच्याइएको