images
images

बुधबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

बुधबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • बुधबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?
    images
    images
    images
    images
    images
    images

    आज विक्रम संवत २०८२ साल बैशाख १० गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ अप्रिल २३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर,  उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, बैशाख, कृष्णपक्ष, दशमी तिथि, आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कुम्भ । 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    लगानी, व्यापार र शेयरबजारबाट आम्दानी बढ्ने संकेत छ। सरकारी तथा पैत्रिक सम्पत्ति प्राप्तिको सम्भावना छ। नयाँ काम र अवसरबाट आम्दानीका स्रोत विस्तार हुनेछन्। श्रमको मूल्यांकन र पढाइमा प्रगति आर्थिक उन्नतिमा सहयोग पुर्‍याउनेछ। जीवनशैलीमा सुधार आउनेछ। आर्थिक स्थायित्वका लागि अनुकूल समय रहन सक्छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    कृषि, पशुपालन र व्यवसाय फस्टाउनेछ। नवीन विचार र लगानीबाट मनग्गे धन आर्जन सम्भव हुनेछ। शेयरबजार तथा वित्तीय क्षेत्रमा लाभदायक परिणाम आउनेछन्। कार्यक्षेत्रमा प्रतिष्ठा र प्रशंसा प्राप्त हुनेछ। पदीय जिम्मेवारीसँगै आम्दानीका नयाँ अवसरहरू देखा पर्नेछन्। लगनशीलता र मिहिनेतले आर्थिक उन्नति सुनिश्चित गर्नेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    पदोन्नति र स्थानान्तरणले आय वृद्धि हुने सम्भावना छ। सानो प्रयासले पनि सफलताको ढोका खुल्नेछ। खोज तथा अध्ययनले भविष्यमा आम्दानीका नयाँ स्रोत खुलाउनेछन्। अवसरवादीबाट सावधान रहँदा आर्थिक क्षति टार्न सकिनेछ। धार्मिक र सांस्कृतिक क्षेत्रले मानसिक सन्तुलन दिई आर्थिक निर्णयमा सहुलियत पुर्‍याउनेछ। भविष्यका सम्भावना पहिल्याउने अनुकूल समय हो।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आम्दानी कम हुँदै जाने संकेत छ। न्यून पारिश्रमिक र स्वास्थ्य उपचारमा खर्च बढ्नाले वित्तीय भार बढ्नेछ। अवसर आए पनि सदुपयोग गर्न नसक्दा आर्थिक प्रगति सुस्त हुने सम्भावना छ। विवाद र अविश्वासले सहयोगी वातावरण खल्बलिन सक्छ। तापनि चुनौतीबीच अवसर खोजेर सचेत र संयमित रुपमा अघि बढेमा भविष्यमा सुधार सम्भव छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आर्थिक क्षेत्रमा सामूहिक लगानीबाट व्यापार फस्टाउनेछ र अपेक्षित आम्दानी प्राप्त हुनेछ। नयाँ सवारी तथा भौतिक सम्पत्ति जोड्ने अवसर मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ भने सञ्चित धनको प्रयोगले थप फाइदा हुनेछ। जिम्मेवारी बढे पनि आम्दानीले जीवनशैली सहज बनाउनेछ। सकारात्मक सोच र मिहिनेतले छोटो समयमै उल्लेखनीय आर्थिक उपलब्धि दिलाउनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    सुदृढीकरणतर्फ कदम अग्रसर हुनेछन्। रोकिएका काम बन्नु र नयाँ काम प्रारम्भ हुनु आम्दानी वृद्धि र स्थायित्वको संकेत हो। स्रोतसाधन जुट्नाले दीर्घकालीन फाइदा हुने कार्य सम्भव हुनेछ। बुद्धिको प्रयोग र योजनाबद्ध कार्यले प्रतिस्पर्धामा सफलता मिल्नेछ। आर्थिक निर्णयहरू स्वस्फूर्त र सकारात्मक दिशामा अगाडि बढ्नेछन्। हिम्मत र पुरुषार्थले वित्तीय उन्नतिमा ठोस प्रगति गराउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    लगानीबाट सोचेजस्तै आम्दानी प्राप्त हुनेछ। व्यापार विस्तारका योजना कार्यान्वयन गर्न सकिनेछ। इच्छित काम पूरा गर्न धन खर्च हुने भए पनि त्यसले दीर्घकालीन लाभ दिनेछ। सहयोगी वातावरणले व्यवसायिक जोश बढाउनेछ। यद्यपि, उतारचढावका कारण प्रतिफल कम भए पनि धैर्य र लगनले आर्थिक सफलता सुनिश्चित हुनेछ। स्वास्थ्य र निर्णयमा सजग रहँदा वित्तीय जोखिम घटाउन सकिनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कृषि, पशुपालन र सवारीसाधन व्यापारबाट राम्रै आम्दानी हुने संकेत छ। सल्लाह र सुझावको सही उपयोगले सुधारात्मक कार्यमा सफलता मिल्नेछ। यद्यपि, हतारको निर्णय र आवेगमा आएको व्यवहारले आर्थिक र सामाजिक क्षति पुर्‍याउन सक्छ। समय व्यवस्थापन र सजगता आवश्यक हुनेछ। परिस्थितिले केही चुनौती ल्याए पनि व्यवहार कुशलता र धैर्यले आर्थिक स्थायित्व र प्रतिष्ठा कायम राख्न सकिनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    उद्योग, शेयरबजार र व्यापारमा लगानीबाट राम्रै आम्दानी प्राप्त हुनेछ। आर्थिक स्थिति सुधार्नका लागि चालिने कदमहरू सकारात्मक परिणाम दिनेछन्। मिहिनेत र पराक्रमले व्यापारमा प्रगति र प्रतिस्पर्धामा सफलता दिलाउनेछ। विवाद र न्यायिक निर्णय तपाईंको पक्षमा जानाले मन प्रसन्न हुनेछ। दाजुभाई र आफन्तहरूको खुशीले परिवारमा सकारात्मक वातावरण ल्याउनेछ। नयाँ काम र अवसरबाट दिगो फाइदा हासिल हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    नयाँ कामको थालनी र ठुला व्यक्तिको सहयोगले आय वृद्धि हुनेछ। पारिवारिक सद्भाव र आफन्तसँगको सम्बन्धमा आत्मियतामा वृद्धि हुनेछ। यद्यपि, काममा आत्मविश्वासको कमी र हडबडी गर्दा समस्याहरू उत्पन्न हुन सक्छ। नोकरीमा श्रमको उचित मूल्यांकन नगरी फल नपाइने सम्भावना छ। पारिवारिक र व्यक्तिगत जीवनमा सुधारका लागि सोच र कार्यमा सचेत रहनु महत्त्वपूर्ण हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापार र उद्योगमा लगानीबाट नयाँ आम्दानीका स्रोतहरू उत्पन्न हुनेछन्। दाजुभाइको सहयोगले ठूला काम गर्न सफल बन्ने अवसर हुनेछ। नयाँ काम प्रारम्भ गर्नुभन्दा पहिले चलिरहेको काममा ध्यान दिनु महत्त्वपूर्ण हुनेछ। धार्मिक र मनोरञ्जनात्मक यात्राबाट मानसिक शान्ति प्राप्त हुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसरले नाम र दाम कमाउन मद्दत गर्नेछ। सहयोगीहरूको साथ र पहिलेको सफलता उत्साहजनक प्रगति दिलाउनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    लगानी र श्रमको उचित मूल्य नपाइने र स्वास्थ्य समस्याले बाधा पुर्याउने सम्भावना छ। नयाँ काम प्रारम्भ गर्दा केही समय पर्खनु लाभदायक हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ र आर्थिक समस्याहरूलाई सुल्झाउन कर्जा लिनु पर्ने अवस्था आउन सक्छ। यद्यपि, सरसापट र खर्चहरू व्यवस्थापन गर्दा धन फिर्ता आउने छ। यात्रा गर्दा सावधानी अपनाउनु आवश्यक छ। टाढाका साथीहरूसँग सम्पर्क बढ्नेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com