images
images

स्काइवेल पाइलट समिट सम्पन्न, बुद्ध एअरका पाइलट क्याप्टेन लेखनाथको अध्यक्षतामा एशोसिएसन घोषणा

स्काइवेल पाइलट समिट सम्पन्न, बुद्ध एअरका पाइलट क्याप्टेन लेखनाथको अध्यक्षतामा एशोसिएसन घोषणा

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • स्काइवेल पाइलट समिट सम्पन्न, बुद्ध एअरका पाइलट क्याप्टेन लेखनाथको अध्यक्षतामा एशोसिएसन घोषणा
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / नेपालको पहिलो पाइलट समिट स्काइवेल पाइलट समिट २०२५ सम्पन्न भएको छ । हवाई सेवा सञ्चारका क्षेत्रमा बनाइने सार्वजनिक धारणाका सन्दर्भमा विशेष संवाद गर्दै पाइलट समिट सकिएको हो ।

    यात्रा म्यागेजिनको आयोजनामा पाइलट एसोसिएसन अफ नेपालका लागि सञ्चालन गरेको यो पाइलट समिटले नेपालका पाइटहरूलाई एकतृत गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित कसरी बनाउन सकिन्छ र यसमा आम पाइलटले कस्तो भूमिका खेल्न सक्छन् भन्ने पक्षलाई प्रमुख महत्व दिएको थियो ।

    प्यानल डिस्कसनको मोड्रेटरको रूपमा क्याप्टेन विजय लामाले जिम्मेवारी सम्हालेका थिए भने एक्टिभ एअर ट्राफिक कन्ट्रोलर सुस्मिता रावत, रिटायर्ड पाइलट क्याप्टेन रवी कंसाकार, पत्रकार सुरज कुँवर, तथा पर्यटन उद्यमी तथा पाइलट सुनिल शाक्यले प्यानलिस्टको रूपमा सहभागिता जनाएका थिए ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाली आकाशलाई सुरक्षित राख्न पाइलटको भूमिका अहम् रहने पक्षमा जोड दिए । 

    पाइलट एसोसिएसन अफ नेपालको गठनले एकैठाउँ पाइलटहरूलाई एकताबद्ध भएको देख्न पाउँदा हर्षित भएको उल्लेख गर्दै उनले नेपाली एसोसिएसन चाँडै इन्टरनेसनल फेडेरेसन अफ एअरलाईन पाइलटस् एसोसिएसनको सदस्य बनेको हेर्न पाउने विश्वास ब्यक्त गरे । 

    कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणकातर्फबाट सहभागिता जनाउँदै प्राधिकरणका उपमहानिर्देशक देव चन्द्र लाल कर्णले पाइलटहरूको यो एकता देशको हवाई उड्डयन सुरक्षा अभिबृद्धि गर्न सार्थक बन्ने विश्वास राख्दै यस क्षेत्रको विकास र विस्तारमा थप सृजनशील बन्न आग्रह समेत गरे । 

    आयोजित समारोहमा नेपाली पाइलटहरूको छाता संगठन पाइलट एसोसिएसन अफ नेपालको औपचारीक घोषणा गरिएको थियो । 

    बुद्ध एअरमा कार्यरत पाइलट क्याप्टेन लेखनाथ पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय एशोसिएसनको घोषणा सोही समारोहमा गरिएको हो । 

    नव गठित एसोसिएसनको उपाध्यक्षमा क्याप्टेन सागर गजुरेल, माहसचिवमा क्याप्टेन दिनेश बोगटी, कोषाध्यक्षमा विक्रान्त काफ्ले, सचिवमा नाजिर उदेन शेख र सदस्यहरुमा क्याप्टेन रविन्द्र डंगोल, क्याप्टेन सुरज भण्डारी, मेनित केसी, शिब पौडेल, अभिनन्दन खड्का र क्याप्टेन किस्मत पछाई छन् ।

    समिटको टाइटल स्पोन्सरको रूपमा रहेको स्काइवेलका तर्फबाट आधिकारिक बिक्रेता तथा आयातकर्ता जि.मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले सहकार्यको दिगो बन्ने कामनासमेत गरे । 

    कार्यक्रममा क्याप्टेन सुरज भण्डारीले एसोसिएसनको बार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरे भने हरेक बर्ष पाइलट समिट आयोजना गर्ने बाचाका साथ कार्यक्रमको औपचारीक समापन गरिएको थियो । 

    होटल मल्लमा १९ अप्रिलमा आयोजित कार्यक्रमा २५० भन्दा बढी पाइलट र सय भन्दा बढी उड्डयन तथा पर्यटनकर्मीको सहभागिता रहेको थियो ।

    कार्यक्रम क्याप्टेन किस्मत पछाईले कार्यक्रममा सहयोग गर्ने सबै प्रायोजकहरू र साथ दिने व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरे । 

    यो यात्रा केवल सुरुवात मात्र भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सक्रिय सहभागिताको अपेक्षा रहेको उनले बताए । 

    उनले भने, “आउनुहोस्, हामी सबै मिलेर संघको मूल नारा आकाशमा एकता, जमिनमा प्रगती-साकार पारौं । जसले नेपाली आकाशलाई अझ सुरक्षित बनाउनेछ र पाइलट समुदायको हितमा काम गर्नेछ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com