images
images

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम पनि, किन घटिरहेको छ सेयर बजार ?

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम पनि, किन घटिरहेको छ सेयर बजार ?

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम पनि, किन घटिरहेको छ सेयर बजार ?
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार उच्च अङ्कले घटेको छ । लगातार घटिरहेको बजार आज थप ३२.३८ अङ्कले घटेर २६५५.९४ बिन्दुमा पुगेको हो । मङ्गलबार भने नेप्से ४.९३ अङ्कले घटेको थियो । 

    बैशाख लागेयता तीन दिन मात्रै बढेको बजार यस साता लगातार घटिरहेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको अन्यौलसँगै लगानीकर्ताहरू निराश हुँदा बजार प्रभावित भइरहेको छ । 

    आज २८ कम्पनीको मात्रै मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । 

    अघिल्लो कारोबार दिन ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको बजारमा आज ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । 

    आज कुल ३०८ धितोपत्रको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर ७४ हजार १४० पटकमा खरिद बिक्री भएको छ । बुधबार कारोबारमा आएकामध्ये दुई समूहको मात्रै परिसूचक सामान्य बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । 

    यस दिन सर्वाधिक बढी म्युचुअल फण्ड समूहको परिसूचक ०.२१ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह भने आज ०.३९ अङ्कले मात्रै बढेको हो । 

    आज सर्वाधिक बढी गुमाउनेमा विकास बैंकका लगानीकर्ताहरू छन् । विकास बैंक समूह २.०९ प्रशितले घटेको छ भने बैंकिङ समूह १.२३ प्रतिशत, वित्त १.१५ प्रतिशत, होटल तथा पर्यटन १.०५ प्रतिशत, हाइड्रोपावर १.७८ प्रतिशत, लगानी १.७६ प्रतिशत, अन्य १.५० प्रतिशत, लघुवित्त १.०४ प्रतिशतले घटेको छ । यसैगरी, व्यापार समूह ०.३० प्रतिशत, निर्जीबन ०.९७ प्रतिशत र जीवन बिमा ०.४५ प्रतिशतले घटेको छ । 

    बुधबार दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बृद्धि हुँदा अन्य कम्पनीको मूल्य भने सामान्य मात्रै बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । 

    बुधबार पनि सर्वाधिक बढी गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि आज ५.७४ प्रतिशतले घटेको छ । 

    बुधबार राधी विद्युत कम्पनीको सेयर कारोबार सर्वाधिक बढी भएको छ । यो कम्पनीको ५८ करोड ४२ लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर कारोबार ५१ करोड ६३ लाख ६९ हजार रुपैयाँ बराबरको भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com