images
images

सेयर बजार : लगातार घटेको बजारमा पाँचौ दिन हरियो, लगानी सेक्टरमा आकर्षण

सेयर बजार : लगातार घटेको बजारमा पाँचौ दिन हरियो, लगानी सेक्टरमा आकर्षण

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • सेयर बजार : लगातार घटेको बजारमा पाँचौ दिन हरियो, लगानी सेक्टरमा आकर्षण
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / यस साता लगातार घटिरहेको सेयर बजार पाँचौँ कारोबार दिन बिहीबार भने बढेको छ । यो दिन नेप्से परिसूचक २.०८ अङ्कले बढेर २६५८.०२ बिन्दुमा उक्लिएको हो । 

    बुधबार भने नेप्से परिसूचक  ३२.३८ अङ्कले घटेर २६५५.९४ बिन्दुमा झरेको थियो । आज ८३ कम्पनीको मात्रै मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । 

    अघिल्लो कारोबार ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ७ अर्ब ८९ करोड ९३ लाख ८१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको हो । 

    आज कुल ३०८ धितोपत्रको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर ७० हजार ७०३ पटकमा खरिद बिक्री भएको छ । 

    बिहीबार लगानी समूह र व्यापार समूहका कम्पनीको सेयर मूल्य बढ्दा पाँच समूहको परिसूचक उकालो लागेको छ । यसदिन सबैभन्दा बढी लगानी समूह २.४९ प्रतिशतले बढेको छ भने व्यापार समूह ०.३९ प्रतिशत, हाइड्रोपावर ०.२२ प्रतिशत, म्युचुअल फण्ड ०.२५ प्रतिशत र बैंकिङ समूह ०.०३ प्रतिशतले बढेको छ । 

    बिहीबार सर्वाधिक बढी होटल तथा पर्यटन समूहको परिसूचक १.१६ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक ०.७६ प्रतिशत, वित्त ०.८३ प्रतिशत, जीवन बिमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१७ प्रतिशत, लघुवित्त ०.४६ प्रतिशत, निर्जीबन बिमा ०.२८ प्रतिशत र अन्य समूह ०.१३ प्रतिशतले घटेको छ । 

    बिहीबार पनि दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशततले बढेको हो । 

    त्यस्तै, ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्य ७.५६ प्रतिशत र वीन नेपाल लघुवित्तको सेयर मूल्य ७.२९ प्रतिशतले बढेको छ । बिहीबार नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य सर्वाधिक बढी ७.१२ प्रतिशतले घटेको छ । आजको कारोबार रकममा सर्वाधिक बढी हिस्सा ङादी ग्रुप पावरको रहेको छ । यो कम्पनीको ७० करोड ३४ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com