images
images

शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न नगरपालिका, सूर्य नेपाल र ग्रिन रोडबिच त्रिपक्षीय सम्झौता

शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न नगरपालिका, सूर्य नेपाल र ग्रिन रोडबिच त्रिपक्षीय सम्झौता

शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न नगरपालिका, सूर्य नेपाल र ग्रिन रोडबिच त्रिपक्षीय सम्झौता
    images
    images
    images
    images
    images
    images

    तनहुँ / जिल्लाको शुक्लागण्डकी नगरपालिकामा फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण गर्न त्रिपक्षीय सम्झौता भएको छ । नगर क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापन गर्न नगरपालिका, सूर्य नेपाल प्रालि र ग्रिन रोड कम्पनीबीच सम्झौता भएको नगरपालिका नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । 

    सम्झौतामा फोहोरमैला प्रशोधनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री सूर्य नेपाल प्रालिले उपलब्ध गराउने, फोहोर सङ्कलन गरी प्रशोधन केन्द्रसम्म नगरपालिकाले पुर्‍याउने र केन्द्रमा फोहोरको वर्गीकरण तथा प्रशोधन ग्रिन रोड कम्पनीले गर्नेगरी सम्झौता भएको उनले बताए । 

    नगरप्रमुख पण्डितले भने, “नगरपालिकामा दिगो फोहोर व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ ।” 

    बिहीबार सम्पन्न त्रिपक्षीय सम्झौतामा नगरपालिकाका तर्फबाट प्रमुख पण्डितसहित उपप्रमुख खुमबहादुर विक र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले हस्ताक्षर गरेका छन् । 

    त्यसैगरी सूर्य नेपालका तर्फबाट कारखाना प्रमुख बाबुराम कार्की र गौतमकुमार यादव तथा ग्रिन रोड कम्पनीका तर्फबाट विमल बास्तोला, सञ्जीव बास्तोला र अजय केसीले हस्ताक्षर गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com