images
images

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने सभापति देउवाको दावी

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने सभापति देउवाको दावी

सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने सभापति देउवाको दावी
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्  ।

    सोमबार कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आसन्न बजेटको सन्दर्भमा गरेको बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस वर्षको बजेटमा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्नेगरी नीति तथा कार्यक्रमहरु तयार हुने र निजी क्षेत्रले उठाएको सवाललाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे । 

    उनले भने,‘ मलाई विश्वास छ यस वर्षको बजेटमा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्नेगरी नीति तथा कार्यक्रमहरु तयार हुने छन् । मलाई विश्वास छ आर्थिक वर्ष २०८२–८३ को बजेटले निजी क्षेत्रले उठाएको सवालाई सम्बोधन गर्ने छ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउने छ भन्ने विश्वास व्यक्त गर्दछु ।’

    त्यस्तै उनले देशलाई आर्थिक समृद्धिसहित अगाडि बढाउनका लागि सरकारसँगै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने धारणा राखे ।

    स्थानीय उत्पादनलाई प्रोत्साहन, मौलिक सीपहरुको प्रवद्र्धन र उद्यमशिलतालाई वृद्धि गरेर मुलुकमा रोजगारी बढाउन आवश्यक रहेको उनको भनाइ छ । 

    उनले भने,‘देशलाई आर्थिक समृद्धिसहित अगाडि बढाउनका लागि सरकारसँगै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस कार्यक्रममार्फत निजी क्षेत्रलाई निर्धक्क भएर लगानी गर्नका लागि अनुरोध गर्दछु । स्थानीय उत्पादनलाई प्रोत्साहन गरी, मौलिक सीपहरुको प्रवद्र्धन गरी उद्यमशिलतालाई वृद्धि गरेर मुलुकमा रोजगारी बढाउन आवश्यक छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com