काठमाडौँ / मङ्गलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।
सोमबार तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
यता, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्यमा खरिद बिक्री भइरहेको हो ।