images
images

रविन्द्र मिश्रप्रति राज्यले गरेको दुर्व्यवहार सच्याइयोस् : सांसद झा

रविन्द्र मिश्रप्रति राज्यले गरेको दुर्व्यवहार सच्याइयोस् : सांसद झा

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • रविन्द्र मिश्रप्रति राज्यले गरेको दुर्व्यवहार सच्याइयोस् : सांसद झा
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाअध्यक्ष रविन्द्र मिश्रलाई राज्यले दुर्व्यवहार गरिरहेको भन्दै आपत्ति जनाएका छन् । 
     
    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएपनि राज्यले गरिरहेको दुर्व्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् । 

    उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रविन्द्र मिश्रज्यूको विचार र व्यवहारप्रति सहमति नहोला तर उहाँप्रति राज्यले गरिरहेको दुव्र्यवहारप्रति मेरो घोर विमति छ । त्यसैले त्यसमा सच्याइयोस् ।’

    त्यस्तै, उनले गत बैशाख १४ गते काठमाडौँमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरेको प्रमाणित भएको बताए । 

    उनले भने, ‘बैशाख १४ गते काठमाडौँमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा वाक्य प्रयोग गर्नुभयो कि ‘नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुपर्ने थियो । एक झापु लगाए । ठिक गरेर हिरासतमा पुराए’ उहाँप्रति आभारी छ कि स्वीकार्नु भयो राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु । आइन्दा कुनै मन्त्री र महामन्त्री यो विषयमा वादविवाद गर्न नआउनुहोला ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com