images
images

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । 

    मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिएका हुन् । 

    नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ । 

    सभामुख घिमिरेले शुक्रबार अपराह्न २ः४५ भित्र निर्धारित पोशाकमा सदनमा उपस्थित भइसक्न सांसदहरूलाई आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com