सिन्धुली पुगेर खानेपानी मन्त्री यादब भन्छन् – शुद्ध खानेपानी अब सपना होइन अब नागरिकको व्यवहारिक हक

सिन्धुली पुगेर खानेपानी मन्त्री यादब भन्छन् – शुद्ध खानेपानी अब सपना होइन अब नागरिकको व्यवहारिक हक

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • सिन्धुली पुगेर खानेपानी मन्त्री यादब भन्छन् – शुद्ध खानेपानी अब सपना होइन अब नागरिकको व्यवहारिक हक
    images
    images

    खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनताका लागि शुद्ध र सुरक्षित खानेपानी अब केवल सपना नभई व्यवहारिक अधिकार बन्ने दाबी  गरेका छन् । 

    images
    images

    सिन्धुलीको सुनकोशी गाउँपालिका–५ र ६ मा सम्पन्न नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजनाको उद्घाटन समारोहमा बोल्दै मन्त्री यादवले सरकारको दीर्घकालीन नीति अन्तर्गत देशभर ‘स्वच्छ पानी, स्वस्थ जीवन’ अभियानलाई प्राथमिकता दिइएको बताए । 

    “हामी समृद्ध र स्वस्थ नेपाल निर्माणको दिशामा एक महत्वपूर्ण पाइला चाल्दैछौँ,” मन्त्री यादवले भने, “शुद्ध पानी अब सपना होइन, सबै नागरिकको व्यवहारिक हक बन्नेछ।”

    उनले शुद्ध खानेपानी कुनै सेवा नभई नागरिकको मौलिक अधिकार र जीवनको आधारभूत आवश्यकता भएको स्पष्ट पारे । 
    नाङ्गेडाँडा योजना सरकारको प्रतिबद्धताको प्रत्यक्ष उदाहरण भएको उल्लेख गर्दै उनले यसबाट स्थानीयवासीले प्रत्यक्ष लाभ लिने विश्वास व्यक्त गरे । 

    सुनकोशी गाउँपालिकाको यो आयोजना संघीय सरकार, स्थानीय निकाय र जनताको सहकार्यमा सम्पन्न भएको भन्दै मन्त्री यादवले यसले ‘घर–घरमा सुरक्षित पानी’ अभियानलाई टेवा पुर्‍याउने बताए । 

    खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार योजना २०७९ असार ९ गते सम्झौता भई २०८१ असार ८ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको हो। 

    हालसम्मको लागत करीब रु ३७ करोड ९४ लाख पुगेको जानकारी दिँदै उनले आयोजनाले स्वच्छता, स्वास्थ्य र समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखे । 

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख इञ्जिनियर हेराकाजी मर्हजनले यो योजनाबाट २,५३५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने र सबै घरसम्म शुद्ध पानी पुर्‍याउने लक्ष्य रहेको जानकारी  दिए । 

    उद्घाटन कार्यक्रममा सांसद लेखनाथ दहाल (राजन), गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल, उपाध्यक्ष कपिलकुमार कोइरालालगायतले यो योजनाले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने विश्वास व्यक्त गरे । 

    खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्यले आगामी दिनहरूमा स्थानीयवासीलाई अझ प्रभावकारी, आधुनिक र पहुँचयुक्त सेवा दिन सरकार प्रतिबद्ध रहेको बताए ।

    कार्यक्रममा वडा अध्यक्षहरू सुरतकुमार वस्याल, महेन्द्रबहादुर थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com