पोखरा-मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै

पोखरा-मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै

सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • पोखरा-मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै
    images
    images

    कास्की / निर्माणाधीन पोखरा-मुग्लिङ राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् । विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन् । 

    images
    images

    राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् पोल हटाउन ढिलाइ हुँदा योजनाको काम प्रभावित भएको छ ।

    विद्युत् पोलका कारणले काम प्रभावित भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक साताभित्रमा विद्युत् प्राधिकरणले पोल हटाउने सहमति भएको मुग्लिङ–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले बताए ।

    उनका अनुसार विद्युत् पोलका कारणले योजनाको काममा असर परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटसमेत यसका बारेमा चासो व्यक्त गरिएको र समाधानका लागि सहजीकरण भएको छ । 

    “चार लेन सडकभित्र परेका पोल प्राधिकरणले हटाउँदै  गइरहेको छ । अब बाँकी रहेका पोलसमेत एक साताभित्रमा विस्थापित गरिसक्ने सहमति भएको छ । यसबाट काममा देखिएको प्रमुख समस्या समाधान हुनेछ,” योजना प्रमुख कुँवरले भने ।

    योजनाका अनुसार कास्की खण्डस्थित चार लेन सडकभित्र पर्ने सैनिकबस्ती-विश्वविद्यालय १८ र आदर्शचोक-तालचोकका ४९ गरी ६७ पोलका कारण यस क्षेत्रमा काम अघि बढाउन समस्या भएको छ । 

    यसैगरी, डाँडाको नाकदेखि विजयपुरसम्म ९० वटा पोल नालीमा परेका छन् । मुग्लिङ-पोखरा सडकको पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्म ४१ किमी रहेको छ। 

    यस खण्डमा हालसम्म एकतर्फी ३५ किमी सात सय मिटरमा प्रथम तहको कालोपत्रे गर्ने कार्य सकिएको बताइन्छ। हालसम्म ५० दशमलव ३४ प्रतिशत भौतिक प्रगति भएको योजना कार्यालयले जनाएको छ ।

    “१९ किमी खण्डमा दुईतर्फी कालोपत्रे (चार लेन) तथा १६ किमी खण्डमा एकतर्फी कालोपत्रे (दुई लेन)को काम सकिएको छ । आगामी असार मसान्तसम्ममा  सम्पूर्ण खण्डमा चार लेन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण व्यवसायी मोविलाइज गरिएको छ,” योजना प्रमुख कुँवरले भने ।

    मुग्लिङ-पोखरा सडकको पश्चिम खण्डको म्याद गत वर्ष नै सकिएपछि एक वर्ष थप गरिएको थियो । थप गरिएको समय आगामी पुस दोस्रो सातासम्म रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com