गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै
    images
    images

    पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबारदेखि महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन् ।

    images
    images

    पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूहसहित कोटिहोममा प्रवचन गर्ने छन् । उनले जेठ ३ गतेसम्म सात दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

    कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार वाल्मीकि श्री राम कथा वाचक आचार्य पंराकुशजीको विदाई गरेसँगै आइतबार वाचन प्रवीण पोखरेलको प्रवचन सुरु भएको हो ।

    कोटिहोममा नियमित हुने रक्तदान कार्यक्रममा आइतबारसम्म दुई सय बढीले रक्तदाताले रक्तदान गरेका छन् । कोटिहोम आउने भक्तजनले आफू सक्दो सहयोग गर्ने व्यवस्था भएकोले केही न केही सहयोग गरौँ भन्ने भावनालाई जागृत गर्न रक्तदान कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

    दैनिक रूपमा कोटिहोम परिसरमा रक्तदान कार्यक्रम भएको हुँदा सबै भन्दा ठुलो दान रक्तदान जस्तो पूण्य कार्यमा नछुट्न महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिले आग्रह गरे ।

    सोमबार भने बुद्ध पूर्णिमाको विशेष कार्यक्रम आयोजना भइरहेको छ । बुद्ध पुर्णिमाको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, किरण शाह सहितको विशेष उपस्थिति  रहनेछ । बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन  तथा समाजका विभिन्न धर्म गुरुहरूको उपस्थितिमा विशेष समारोह गरिएको छ ।

    महायज्ञमा हिन्दू, बौद्ध, किरातलगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान्  धर्मगुरुहरूको आगमन अपेक्षित गरिएको छ । यस अवसरमा बौद्ध धर्म गुरु, किरात धर्म गुरु, तथा अन्य अतिथिहरूले मन्तव्य दिने कार्यक्रम तय भइसकेको छ । विराट ज्ञान महायज्ञ धार्मिक सहिष्णुता, आध्यात्मिक उन्नति, र सांस्कृतिक एकताको प्रतिकको रूपमा आयोजना गरिएको हो ।

    विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले यो विराट महायज्ञले राष्ट्र, धर्म र मानवताका लागि नयाँ ऊर्जा थपेको प्रष्ट पार्दै धर्म भनेको विभाजन होइन, समन्वय हो । सबै धर्म एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन-जो अन्ततः एउटै समुद्रमा विलीन हुन्छन् भन्दै बताएका छन् ।  

    आयोजकका अनुसार धर्म र सम्प्रदायहरूबीचको एकता र आपसी आदरलाई केन्द्रमा राखेर समाजमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्य लिएको जानकारी दिएका छन् ।

    यस्तै, कोटिहोममा भजन प्रतियोगितामा देशभरबाट तीन सय बढी भजन समूहले सहभागिता जनाएका छन् । प्रतियोगितामा आइतबार सम्म ५५ समूहले भाग लिइसकेका छन् ।

    भजन प्रतियोगितामा हुने विभिन्न खालका झाँकी, विभिन्न जिल्लाको भजन प्रस्तुतिले भक्तजनको ध्यान प्रतियोगिता तानेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com