काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको अवधिमा नेपाल सरकारको कुल खर्च करिब १० खर्ब नजिक पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सो अवधिमा सरकारले ९ खर्ब ९८ अर्ब ५२ करोड पुगेको रुपैयाँ खर्च गरेको हो ।
त्यस्तै, चालु खर्च रु. ६ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ, पुँजीगत खर्च १ खर्ब २ अर्ब ९० करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब १७ अर्ब ५३ करोड रहेको छ। यसैबीच, समीक्षा अवधिमा सरकारले कुल ८ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ राजस्व परिचालन गरेको छ।
यसमध्ये कर राजस्व रु. ७ खर्ब ४४ अर्ब १५ करोड र गैरकर राजस्व रु. ८७ अर्ब २५ करोड रहेको छ। तथ्याङ्क अनुसार सरकारका विभिन्न खाताहरूमा मौज्दात रकम पनि उल्लेखनीय रहेको छ।
२०८१ चैत मसान्तसम्म प्रदेश तथा स्थानीयसहित सरकारको खातामा कुल ३ खर्ब ७१ अर्ब ७९ करोड नगद मौज्दात रहेको देखिएको छ । जुन २०८१ असार मसान्तमा ९३ अर्ब ९६ करोड मात्र थियो।
प्रदेश सरकारको खर्चभन्दा स्रोत परिचालन बढी
समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु. ८५ अर्ब ४७ करोड रहेको छ । जुन स्रोत परिचालनभन्दा कम हो । यस अवधिमा प्रदेश सरकारहरूको कुल स्रोत परिचालन रु.१ खर्ब ३९ अर्ब ७३ करोड पुगेको हो।
यो स्रोत परिचालनमा नेपाल सरकारले प्रदान गरेको अनुदान र विभाज्य कोषबाट प्राप्त राजस्व रु. १ खर्ब ४ अर्ब ६७ करोड र प्रदेश सरकारहरूले स्वयं सङ्कलन तथा अन्य स्रोतबाट पाएको रु. ३५ अर्ब ७ करोड समावेश छ।