त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न सांसद सिंहको आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न सांसद सिंहको आग्रह

मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न सांसद सिंहको आग्रह
    images
    images

    काठमाडौँ / स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा ठाउँको अभाव रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको बताएका हुन् ।

    images
    images

    उनले भने, ‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा छ । दुइ वटा बनाए तर चलेका छैनन् पोखरा र भैरहवा । तर काठमाडौँ विमानस्थलमा नागरिकहरुको गुनासो आइपछि म आफैँ गएको थिए । 

    विमानस्थलमा अस्तव्यस्तताको एकदमै परकाष्ट छ । ठाउँको  अभाव छ । चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल परिरहन्छ । लगेज लिनपनि घन्टौं पर्खिनुपर्ने अवस्था छ ।  लगेजको कहिलेकाही ताल्चा फुटाइन्छ । जुन एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेको छ । त्यसको पनि बेइज्जत नगराँ ।’

    साथै उनले एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेका भए पनि यसको अन्तर्राष्ट्रिय बेइज्जत नगर्न आग्रह गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com