हुन्डाई नेपालद्वारा चितवनमा क्रेटा इभि सार्वजनिक तथा अन्तर्क्रिया, कार्यक्रम स्थलबाटै ५ ओटा गाडि ग्राहकलाई हस्तान्तरण

हुन्डाई नेपालद्वारा चितवनमा क्रेटा इभि सार्वजनिक तथा अन्तर्क्रिया, कार्यक्रम स्थलबाटै ५ ओटा गाडि ग्राहकलाई हस्तान्तरण

मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • हुन्डाई नेपालद्वारा चितवनमा क्रेटा इभि सार्वजनिक तथा अन्तर्क्रिया, कार्यक्रम स्थलबाटै ५ ओटा गाडि ग्राहकलाई हस्तान्तरण
    images
    images

    नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले भरतपुर, चितवनमा नयाँ क्रेटा इभि सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

    images
    images

    हुन्डाई नेपालले ग्राहकहरूलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडि र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरूको मन जित्न सफल भई आज नेपालको अग्रणी अटो ब्रान्डहरूमध्ये एक बनेको छ।

    कम्पनीको अनुसार, नयाँ क्रेटा इभिको आगमनले विद्युतीय सवारी सम्बन्धी सोच र शङ्का भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ।धेरैलाई इभि खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गरेको देखिन्छ। तर हुन्डाई नेपालले देशमै क्रेटा आइसिई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको छ। 

    क्रेटा इभि र आइसिई, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले अब कुनै पनि समस्या हुने छैन। साथै लक्ष्मी हुन्डाईले इभि इकोसिस्टमलाई पनि अझै मजबूत बनाउन रिल्याक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्दैछ ।

    जसअन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरूमा रिल्याक्स डिसी र एसी गरी ६६ चार्जर सुचारु गरिसकेको कम्पनीले जनाएको छ । त्यसैले ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आइसिई) र इभि कुनै पनि गाडि खरिद गर्दा सेवा, पाटर््स र सपोर्टमा कुनै किसिमको कमि नहुने कम्पनीको दावी छ । 

    नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको कम्पनीले जनाएको छ। 

    सोही अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २९ गते (१२ मे २०२५)मा पिनाकल ट्रेडिङ प्रा.लि. (हुन्डाईको आधिकारिक डिलर)मा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा इभि सार्वजनिक गरेको हो।

    उक्त कार्यक्रमले सहभागीहरुबाट अत्यन्त राम्रो प्रतिक्रिया पाएको कम्पनीको भनाई छ। कार्यक्रम स्थलबाट ५ वटा क्रेटा इभि ग्राहकहरूलाई हस्तान्तरण गरिएको छ। 

    कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका छन् । भरतपुर, चितवनको कार्यक्रमका सम्पूर्ण सहभागीहरूलाई कम्पनीले धन्यवाद ज्ञापन गरेका छन् । 

    साथै, कम्पनीले एक सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशभर ग्राहकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com