सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीहरूलाई शैक्षिक सामग्री राख्ने झोला वितरण

सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीहरूलाई शैक्षिक सामग्री राख्ने झोला वितरण

मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीहरूलाई शैक्षिक सामग्री राख्ने झोला वितरण
    images
    images

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मिति २०८२ बैशाख २४ मा , बाजुरा जिल्लाको बजेडी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि शैक्षिक  सामग्री राख्ने झोला वितरण गरेको छ । 

    images
    images

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा १४७  थान  शैक्षिक सामग्री राख्ने झोला विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरे । 

    हाल सो विद्यालयमा इ.सि.डी देखि कक्षा ८ सम्मका १४७  विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । कम्पनीले मुलुकको अति पिछडीएको जिल्लामा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरूको दुखमा मलम लगाउने कार्य गरेको छ । 

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरूमार्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको  छ ।

    यस्ता प्रयासहरू मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।

    देशभर १६९ शाखा सञ्जाल रहेको कम्पनीको पूँजी  ५ अर्बभन्दा बढी , २० अर्बभन्दा बढीको लगानी रहेको छ भने २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत छन् ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com