सबैको रोजाइमा ‘सानिमा रिलायन्स मेरो सुनिश्चित प्रतिफल’ जीवन बिमा योजना, केके छन् सुविधा ?

सबैको रोजाइमा ‘सानिमा रिलायन्स मेरो सुनिश्चित प्रतिफल’ जीवन बिमा योजना, केके छन् सुविधा ?

मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • सबैको रोजाइमा ‘सानिमा रिलायन्स मेरो सुनिश्चित प्रतिफल’ जीवन बिमा योजना, केके छन् सुविधा ?
    images
    images

    काठमाडौँ / पछिल्लो समय सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘मेरो सुनिश्चित प्रतिफल जीवन बिमा योजना’ ग्राहकको रोजाइमा परेको छ । ग्यारेन्टेड प्रतिफलसहित आएको यस जीवन बिमा योजनामा ग्राहकले बोनसको कुनै चिन्ता लिन पर्ने छैन । 

    images
    images

    आफूले तिर्न सक्ने बिमाशुल्कको आधारमा बिमाङ्क कायम हुने र जोखिम बहन सँगै बिमा अवधिको समाप्तिमा ग्यारेन्टीको रकम फिर्ता पाईने हुनाले यसमा आकर्षण बढ्दो छ । ग्राहकलाई बिमा गर्नका लागि निकै उपयोगी र नयाँ किसिमको रहेको यस बिमालेखमा विभिन्न लाभहरू समावेश छन् । 

    अन्य बिमालेखमा भन्दा फरक यस बिमालेखमा बिमा परिपक्व हुँदा आर्जित भुक्तानी रकम फरक पर्दैन । यस्तै बिमा शुरु भएको मितिमा नै आधारभूत बिमा शुल्कको २.५ गुणा सम्मको एकमुस्ट भुक्तानीको ग्यारेन्टी समेते यस पोलिसीमा गर्दै आएको छ ।

    यस बिमालेखमा ग्राहकको आकर्षण बढ्नुको अर्को कारण भनेको सीमित समय मात्रै बिमाशुल्क भुक्तानी गरी लामो समय जोखिम बहन हुने आकर्षक सुविधा समावेश भएकाले हो । आफूसँग केही समयसम्म रहने बचतबाट नै यसको बिमा गर्न सकिने भएकाले पनि यो बिमालेख किन्न सहज छ । 

    ५ र ७ वर्षसम्मको मात्र बिमाशुल्क भुक्तानी गरेर १६ र २० वर्षसम्मको दीर्घकालिन बचत र जोखिम बहन गर्न सकिने भएकाले यो बिमालेख आफ्नो जीवनको सक्रिय अवस्थामा हुँदा नै गर्न उचित हुने देखिन्छ । 

    आफूले आम्दानी गर्न सक्ने अवस्थामा नै बिमा गराउँदा यस बिमालेखबाट धेरै लाभ लिन सकिन्छ । आधारभूत बिमा शुल्कको न्यूनतम् २ गुणा देखि अधिकतम २.५ गुणासम्म रक्षावरण लाभ पाउन सकिन्छ । यो योजना अन्तर्गत बिमितले आफ्नो आवश्यकता र तत्कालको क्षमता अनुसार बिमाशुल्क भुक्तानी गर्न सक्नेछन् । 

    सीमित अवधिको लागि बिमाशुल्क भुक्तानी गरी बिमालेख अवधिभर सुरक्षा र परिपक्व रकम ग्यारेन्टीका साथ पाउन सकिने आकर्षक विशेषता यस बिमालेखमा रहेको छ । 

    कसरी गर्न सकिन्छ यस्तो बिमा ?
     
    यस बिमालेख कसरी गर्दा सबैलाभ पाउन सकिन्छ भन्ने बुझाउनका लागि यहाँ वर्ष ३५ का कुबेरलाई राखिएको छ । ३५ वर्षीय कुबेरले २० वर्ष बिमा अवधिका लागि यस बिमा लेख रोज्छन् । यसमा उनले बिमाशुल्क सात वर्षमा तिरिसक्ने गरी सम्झौता गर्छन् । 

    उनले प्रत्येक वर्ष आधारभूत बिमाशुल्क एक लाख रुपैयाँ वा १ लाख ३६ हजार  ३१३ (पूरक करार सुविधा सहित) भुक्तानी गर्ने विकल्प रोज्छन् । यस अनुसार कुबेरको १७ लाख ५० हजार रुपैयाँ बिमाङ्क कायम हुन्छ । यसका लागि उनले ७ वर्षमा ९ लाख ५४ हजार १९१ रुपैयँ मात्र तिर्छन् ।

    कम्पनीका अनुसार, यस बिमा लेखमा कुबेरलाई बिमा अवधिको समाप्तिमा १७ लाख ५० हजार रुपैयाँ (भुक्तानी गरेको आधारभूत बिमा शुल्कको २.५ गुणा) रकम भुक्तानी गरिने छ । 

    यस्तै कुबेर कुनै समयमा दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण स्थायी रुपमा अशक्त भएमा १७ लाख ५० हजार रुपैयाँ बिमाङ्क बराबरको रकम १२० मासिक किस्तामा भुक्तानी कम्पनीले गर्नेछ । दुर्घटना मिति पछि बिमाशुल्क मिनाहा गरिने समेत कम्पनीले सुनिश्चित गरेको छ ।

    यस्तै कुनै कारणबस कुबेरको मृत्यु भएमा उनको हकवालालाइे घटना मितिको आधारमा १७ लाख ५० हजार रुपैयाँसम्म र दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु भएमा उनको हकवालालाई १७ लाख ५० हजार रुपैययाँ थप रकम एकमुष्ट भुक्तानी गरिने छ ।

    घातक रोग सुविधा

    घातक रोग सुविधा अन्तर्गत कुबेरलाई १८ मध्ये कुनै एक घातक रोगको चिकित्सकीय रूपमा प्रमाणित भएमा उपचारका लागि एकमुष्ट १७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिने छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com