मैले गाह्रो छ बाबुनानु नथाल भन्दा टेरेनन्, ‘धुर्मुस सुन्तली’ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री ओली

मैले गाह्रो छ बाबुनानु नथाल भन्दा टेरेनन्, ‘धुर्मुस सुन्तली’ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री ओली

मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • मैले गाह्रो छ बाबुनानु नथाल भन्दा टेरेनन्, ‘धुर्मुस सुन्तली’ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रंगशालाको काम गाह्रो छ भन्दा भन्दै पनि सुरु गरेको बताएका छन् ।मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा गाह्रो छ बाबुनानु नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको भन्दै धेरै दुःख पाएको बताए ।

    images
    images

    उनले भने, ‘मैले गाह्रो छ बाबुनानु त्यहाँ नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेर धेरै दुःख पाए । माया लाग्छ । तर त्यो क्रिकेट मैदान पनि बन्छ । उनीहरुको दुःख कष्ट पनि हट्छ एक दिन । मैले त यही दुःख पाइन्छ भनेर नगर भनेको हो । यति ठूलो काम आँट्या एक दुईवटा केही साना कामहरूमा साथी भाइहरू धेरै नै हौसिन्छन् । हामी छौँ भन्छन् । चन्दा उठाएर नै बनाइन्छ भन्छन् तर सहयोग नगर्न सक्छन् ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com