आज वि.सं २०८२ साल ज्येष्ठ ५ गते, सोमबार, ईश्वी सन् २०२५ मे १९ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, ज्येष्ठ कृष्णपक्ष, सप्तमी तिथी, आनन्दादिमा–सिद्धि योग, चन्द्रराशि–मकर ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लगानीमा फाइदा, व्यापारमा वृद्धिको सम्भावना, र नयाँ आर्थिक साझेदारीका अवसर मिल्नेछ। प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। कानुनी सम्पत्ति समस्याको समाधान हुने देखिन्छ। मेहनत र लगनशीलताले आम्दानी बढाउनेछ। पेसा तथा व्यवसायमा नाम, दाम र सम्मान प्राप्त हुने दिन हो।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पदोन्नति र स्थानान्तरणले आर्थिक उन्नति सम्भव छ। नयाँ सम्पर्क र प्रतिष्ठित व्यक्तिहरूसँगको भेटघाटले भविष्यमा आर्थिक अवसर ल्याउनेछ। अध्ययन र सेवामूलक कामबाट पनि आय आर्जनको बाटो खुल्नेछ। लगनशीलता र सामाजिक सक्रियताले आयस्रोत फराकिलो बनाउनेछ। समयको सही उपयोगले भविष्य सुरक्षित हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा ढिलाइ र बाधा आउनाले आम्दानी प्रभावित हुन सक्छ। पुरानो ऋण वा गुमेको रकम जोगाउन प्रयास गर्नुहोला। गोपनीय आर्थिक योजना सुरक्षित राख्न जरुरी छ। खर्चमा संयमता अपनाउनुहोस्, नत्र दण्ड वा जरिवाना भोग्नुपर्ने सम्भावना छ। हालैको लगानीले तत्काल फाइदा नदिए पनि भविष्यमा लाभ मिल्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पर्यटन, व्यापार वा सेयर बजारमा लगानीले आम्दानी बढ्नेछ। पारिवारिक यात्राबाट व्यवसायिक सञ्जाल विस्तार हुने सम्भावना छ। नयाँ काम सुरु गर्न अनुकूल समय हो, बुद्धि र विवेकले गरेको लगानी लाभदायक हुनेछ। साथीभाइको सहयोग र प्रियजनको साथले आर्थिक योजना सफल बन्नेछ। दिगो आम्दानीका स्रोतहरू विकास हुने संकेत छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानो प्रयासले ठूला उपलब्धि हासिल गर्न सकिनेछ। व्यापार, उद्योग र वित्तीय बजारमा लगानीबाट मनग्गे लाभ मिल्नेछ। नयाँ कामको थालनीका लागि समय उत्तम छ, विशेष गरी मावली पक्षको सहयोगले फाइदा हुनेछ। प्रतिस्पर्धामा सफलता र मेहनतको उचित मूल्याङ्कनले आम्दानीका अवसरहरू बढ्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शेयर बजार र वित्तीय क्षेत्रमा गरिएको लगानीले अपेक्षित आम्दानी दिनेछ। व्यापारमा मनग्गे नाफा हुनेछ भने नयाँ फाइदाको स्रोत पनि पहिल्याउन सकिनेछ। विशेष उपहार वा पारिवारिक समर्थनले आर्थिक योजनामा उत्साह थपिनेछ। लगनशीलता र गुरुजनको मार्गदर्शनले पेसा तथा व्यवसायमा स्थायी लाभ दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सवारी साधनको व्यापारमा बढी मेहनत गरेमा अपेक्षित नाफा मिल्नेछ। तर ढिलासुस्ती र गोपनीयता नपाल्दा समस्या आउन सक्छ। नयाँ योजना कार्यान्वयनको समय भए पनि सावधानी आवश्यक छ। सेयर वा अन्य वित्तीय लगानीमा जोखिम उठाउनु अघि सोच विचार गर्नुहोला। आमाको सुझाव र शुभचिन्तकहरूको साथले आर्थिक निर्णयमा सुधार ल्याउन सहयोग मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सानो प्रयासबाटै प्रशस्त लाभ कमाउन सकिनेछ। कृषि, उद्योग र पारिवारिक व्यवसायमा लगानीले मनग्गे आम्दानी दिलाउनेछ। रोकिएका आर्थिक कामहरू पूरा हुनेछन् भने नयाँ आम्दानीको स्रोत प्रारम्भ हुने संकेत छ। इष्टमित्र र सहयोगीहरूको साथले व्यवसाय विस्तारमा मद्दत पुग्नेछ। आत्मविश्वास र पराक्रमले आर्थिक सफलता हासिल गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसाय फस्टाउनेछ, विशेषगरी धातु वा खनिजसँग सम्बन्धित कारोबारमा लाभ मिल्नेछ। आफन्तसँग मिलेर गरिएको व्यापारबाट पनि आम्दानी बढ्नेछ। खर्च बढे पनि आयमा स्थायित्व आउने संकेत छ। बोलिको प्रभावले सम्झौता र कारोबार सफल बनाउनेछ। मिहिनेत र सकारात्मक सोचले भविष्यमा थप आर्थिक अवसरहरू सिर्जना गर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार, उद्योग र सेयर बजारमा लगानीले राम्रो नाफा दिनेछ। जनताबाट समर्थन मिल्नेले राजनीतिक तथा सामाजिक क्षेत्रमा सफल हुनेछन्। पढाइ–लेखाइमा प्रगति भएर भविष्यका लागि ठोस आधार तयार हुनेछ। समयमा सजग नहुँदा फाइदा लिने अवसर गुम्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्च बढ्ने सम्भावना छ भने आर्थिक अवस्था कमजोर हुन सक्छ। आफन्त र साथीभाइबाट सहयोग कम पाइनेछ। स्वदेशी व्यापार मन्दीमा रहन्छ, तर विदेशमा व्यापार फस्टाउनेछ। यात्राले लाभ दिलाउनेछ, तर प्रलोभन र धोकाप्रति सावधान हुनुहोस्। मेहनतले काम बन्ने सम्भावना छ, तर स्वास्थ्यमा ध्यान दिन जरुरी छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार, साझेदारी र सट्टापट्टाबाट राम्रो आम्दानी हुनेछ। अध्ययन, अनुसन्धान र कला क्षेत्रमा प्रगति हुनेछ भने बौद्धिकताको सम्मान पाइनेछ। सानो प्रयासले ठूलो फाइदा मिल्नेछ। विगतका कर्मको प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले लक्ष्य पूरा हुनेछ र सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। सफलता हात लाग्ने समय हो।