नेपाल टेलिकमको आम्दानी घट्दो, नाफा रकम ४८ प्रतिशतले खस्कियो

नेपाल टेलिकमको आम्दानी घट्दो, नाफा रकम ४८ प्रतिशतले खस्कियो

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • नेपाल टेलिकमको आम्दानी घट्दो, नाफा रकम ४८ प्रतिशतले खस्कियो
    images
    images

    काठमाडौँ / नेपाल टेलिकमले आ.व. २०८१/८२ को तेस्रो त्रैमासिक (चैत्र मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कुल आम्दानी तथा खुद मुनाफामा उल्लेखनीय गिरावट आएको जनाएको छ ।

    images
    images

    चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा टेलिकमले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत बर्षको तुलनामा ४८।६ प्रतिशतले कम हो । 

    नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी जम्मा २१ रुपैयाँ ५ पैसामा खुम्चिएको छ । गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँ थियो ।

    १८ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा छ । आइतबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ छ ।

    गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी नै घटेपछि नाफामा असर परेको हो । मुख्यतः ब्याजवापतको आम्दानीमा उच्च गिरावट आएको छ ।

     तथ्याङ्क अनुसार यस अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी रु। २५ अर्ब ३१ करोड ७६ लाखमा सीमित भएको छ, जुन अघिल्लो आ.व. को सोही अवधिको तुलनामा रु। १६ करोड ३६ लाखले घटेको हो। कुल आम्दानी पनि घटेर रु. २८ अर्ब ४३ करोड मा पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ८.८९ प्रतिशतले कमी भएको देखिएको छ।

    यद्यपि कम्पनीको EBITDA (Earnings Before Interest, Taxes, Depreciation and Amortization) रु. १४ अर्ब १९ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.८९ प्रतिशतले वृद्धि भएको हो। त्यसैगरी कर अघिको मुनाफा पनि बढेर रु. ८ अर्ब ६२ करोड पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ७ अर्ब ३८ करोड मात्र थियो।

    आम्दानी घट्नुका मुख्य कारणहरू

    • OTT (Over The Top) सेवाहरुको प्रयोग बढेसँगै विदेशी कलबाट हुने अन्तरआवद्धता आम्दानीमा २२.३७ प्रतिशतले गिरावट आएको छ।

    • GSM अनुमति पत्र नवीकरण तथा निवृत्तिभरणको व्यवस्था गर्नुपर्ने बाध्यता र Defined Benefit Assets मा रकम छुट्याइँदा कम्पनीको ब्याज आम्दानी करिब ४६ प्रतिशतले घटेको छ।

    • ISP हरुले मोबाइल डेटा प्रतिस्थापन गर्दै Wi-Fi सेवा व्यापक रूपमा प्रदान गरिरहेकोले मोबाइल इन्टरनेट प्रयोगमा कमी आएको छ।

    • दररेट सम्बन्धी सरकारी नीतिमा परिवर्तन आएपछि सेवाको मूल्य घट्दा राजश्वमा प्रतिकूल असर परेको छ।

    • विकट क्षेत्रमा सेवा विस्तार गर्नुपर्ने सरकारी जिम्मेवारीका कारण लागत बढिरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com