जादुवाला नम्बर भएकाहरूबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

जादुवाला नम्बर भएकाहरूबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • जादुवाला नम्बर भएकाहरूबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला
    images
    images

    काठमाडौँ / नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरूबाट वर्तमान सरकारले केही गरेन भन्ने जस्तो भ्रम फैलाउने काम भएको बताएका छन् । 

    images
    images

    सोमबार प्रतिनिधि सभाको बैठकमा उनले वर्तमान सरकारले निरासाहरू चिरेर अर्थतन्त्रलाई लयमा ल्याउनको लागि विभिन्न कार्यक्रमहरू गरि अगाडि बढिरहेको भन्दै सदनमा जादुवाला नम्बर भएकाहरूबाट भ्रम फैलाउने अभिव्यक्ति आएको बताए । 

    उनले भने, ‘अहिलेको सरकारले निराशाहरू चिरेर आशामा रूपान्तरण गर्ने, गतिहिनतामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकार विभिन्न कार्यक्रमहरू गरि अगाडि बढिरहेको छ । तर जनतामा निराश छाउनेगरी अभिव्यक्तिहरू आइरहेका छन् । गाँउघरमा जादुगरले कागजको पत्ता राखेर हजारको नोट निकाल्छ तर त्यो सत्य होइन, त्यो केवल भ्रम हो । यो संसदमा पनि यस्ता प्रवृत्तिहरू देखिरहेका छौँ । जादुगरले कागज देखाएर पैसाको नोट निकालेको जस्तो प्रवृत्तिकै जादुवालाहरू, जादुवाला नम्बर भएकाहरूबाट यस्तो अभिव्यक्ति सुनिरहेका छौँ त्यो केबल भ्रम मात्र हो ।’

    यस्तै, उनले नेकपा एमाले र नेपाली काङ्ग्रेस मिलेको सरकारले केही गरेको छैन् भन्दै गर्दा विपक्षी सांसदहरू सरकारमा हुँदा भएका कामहरूको पनि तथ्य तथ्याङ्क स्पष्ट रहेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com