काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको विमानमा प्राविधिक समस्या, आकस्मिक अवतरण

काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको विमानमा प्राविधिक समस्या, आकस्मिक अवतरण

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको विमानमा प्राविधिक समस्या, आकस्मिक अवतरण
    images
    images

    काठमाडौँ / काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई आकस्मिक  अवतरण गरिएको छ । 

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए । 

    बिहान ७ बजेर २४ मिनेटमा विमान आकस्मिक अवतरण भएको हो ।

    विमानको इञ्जिनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए । यात्रुहरू सबै सुरक्षित रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com