धितोपत्र बोर्डको एक्सन : आइपिओ जारी गर्न पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाट हटाइयो, ११ ब्रोकर कम्पनी कारवाहीमा

धितोपत्र बोर्डको एक्सन : आइपिओ जारी गर्न पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाट हटाइयो, ११ ब्रोकर कम्पनी कारवाहीमा

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • धितोपत्र बोर्डको एक्सन : आइपिओ जारी गर्न पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाट हटाइयो, ११ ब्रोकर कम्पनी कारवाहीमा
    images
    images

    काठमाडौँ / नेपाल धितोपत्र बोर्डले आइपिओ जारी गर्न पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाट हटाएको छ। बोर्डका अनुसार, १३ कम्पनीको प्रतिसेयर नेटवर्थ ९० भन्दा कम भएको र एक कम्पनीको विद्युत् खरिद सम्झौता (पिपिए) कायम रहने अवधि न्यून भएको कारण ती कम्पनीहरूलाई पाइपलाइनबाट हटाइएको हो।

    images
    images

    पाइपलाइनबाट हटाइएका १४ कम्पनीहरूले पुनः प्रतिसेयर नेटवर्थ ९० भन्दा बढी भएको प्रमाणित गरी आवेदन दिनुपर्ने बोर्डले जनाएको छ । 

    यसअघि सार्वजनिक लेखा समितिले पनि प्रतिसेयर नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूलाई आइपिओ स्वीकृति नदिन सिफारिस गरेको थियो । सो बमोजिम धितोपत्र बोर्डले एक्सन लिएको हो ।

    ती कम्पनीहरूले अब प्रतिसेयर नेटवर्थ ९० भन्दा माथि कायम गरेर प्रमाणपत्रसहित बोर्डमा पुनः आवेदन दिनुपर्नेछ। पुनः आवेदन दिनुका पछाडि मात्र ती कम्पनीहरूलाई पाइपलाइनमा समावेश गरिनेछ। हटाइएका कम्पनीहरूमा अधिकांश हाइड्रोपावर कम्पनीहरू रहेका छन्। 

    एपेक्स हस्पिटल, अर्किड होल्डिङ्स, अन्नपूर्ण केबुलकार, ठमेल प्लाजा होटल, रिचेट जलविद्युत कम्पनी, बेनी हाइड्रोपावर, लाफिङ बुद्ध पावर, पुवाखोला वन हाइड्रोपावर, युनिक हाइडेल, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट, कान्तिपुर टीभी र प्रभु हेलिकप्टरलाई बोर्डले सूचीबाट हटाएको हो । 

    यसरी हटाइएका कम्पनीहरूले हालको प्रक्रियाबाट आइपिओ स्वीकृति पाउने सम्भावना छैन र पुनः आवेदन दिएपछि मात्र पाइपलाइनमा समावेश हुनेछन्।

    ११ ब्रोकर कम्पनीलाई कारवाही

    त्यस्तै, बोर्डले ११ ब्रोकर कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको छ। बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ को उल्लङ्घन गरेको भन्दै ती ११ कम्पनीलाई सचेत गराएको हो।

    २०७८ साल वैशाख २५ गते बोर्डको निर्णयअनुसार लिखित सूचना जारी गरी नियमन उल्लङ्घन गर्ने ती संस्थाहरूमाथि कडाइ गरिएको छ।

    सचेत गरिएका कम्पनीहरूमा ब्लुप्रिन्ट सेक्युरिटिज, प्रोफिट बिजार्ड, स्टकमास्टर सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोशनी सेक्युरिटिज, सामस्रया सेक्युरिटिज, इन्टिनिटी सेक्युरिटिज, ग्यालेक्सी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट, एशियन मर्केन्ट क्यापिटल, रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल, र रिलायबल मर्चेन्ट क्यापिटल रहेका छन्।

    बोर्डले आगामी समयमा पनि यस्ता नियम उल्लङ्घन गर्ने संस्थाहरूमाथि कडाइका साथ कारवाही गर्ने जनाएको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com