आज वि.सं. २०८२ साल ज्येष्ठ ७ गते, बुधबार, ईश्वी सन् २०२५ मे २१ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, ज्येष्ठ कृष्णपक्ष, नवमी तिथी, शतभिषा नक्षत्र, चन्द्रराशि–कुम्भ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
इच्छाशक्तिको अभावले आज गरिएको काममा ढिलाइ हुन सक्छ। व्यापारमा पिताको सहयोगले फाइदा पुग्नेछ। कानुनी मामलामा सफलता मिल्ने सम्भावना छ। आम्दानीका स्रोत खुल्नेछन् र श्रमको उचित मूल्य प्राप्त हुनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा परिवर्तन देखिनेछ। व्यापार व्यवसायमा लाभ लिन सकिनेछ । छोटो समयमा गरिएको प्रयासले महत्त्वपूर्ण काम बन्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ योजना बनाउँदै पदोन्नतिको अवसर प्राप्त हुने सङ्केत छ। लामो समयदेखि रोकिएको पैसा फिर्ता आउने सम्भावना रहेकोले आर्थिक पक्ष मजबुत हुनेछ। प्रतिष्ठा बढ्नेछ र समाजबाट सम्मान पाइने योग रहेको छ। भाग्यले आम्दानीका अवसर दिलाउनेछ। मिहिनेतको फल पाइनेछ, जसले दाम, इनाम र आर्थिक वृद्धिमा टेवा पुर्याउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज फजुल खर्चबाट बच्नुपर्ने समय रहेको छ। चिताएको आम्दानी तत्काल नआए पनि भविष्यका लागि योजनाहरू बनाउने उपयुक्त समय छ। अरुका लागि खर्च गर्नु परे पनि बुद्धिमानीपूर्वक निर्णय लिनुहोस्। अवसरवादीहरूले फाइदा लिन सक्छन्, सचेत हुनुहोला । सम्भावना खोजी गर्दै दीर्घकालीन आम्दानीतर्फ ध्यान दिनु लाभदायक हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझेदारीमा गरिएको व्यापारबाट फाइदा लिन सकिनेछ । कामको चाप र दौडधुपले थकान हुनसक्छ । आज गरिएका केही काम दोहोर्याउनुपरे पनि प्रयासले नसोचेको उपलब्धि दिलाउनेछ। अनावश्यक खर्च बढ्न सक्छ, बजेटमा नियन्त्रण गर्नुहोला। स्वास्थ्य कमजोर रहने भएकाले खानपानमा ध्यान दिनुहोस्। चुनौतीबीच अवसर खोजी गरेर लाभ उठाउन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएको काम बन्नेछ र आम्दानीमा वृद्धि हुने सङ्केत छन्। व्यापारमा फड्को मार्न सकिनेछ भने सञ्चित धनको उपयोगले थप लाभ दिलाउनेछ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। मिहिनेतले छोटो समयमा नै आर्थिक उपलब्धि हासिल गर्न सकिने समय हो, तर नकारात्मक सोचबाट टाढा रहनु आवश्यक छ। रोकिएको काम बन्ने हुनाले नयाँ योजना बनाउन सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रमीहरूका समय उत्साहजनक रहनेछ। रोकिएका काम बन्नाले आम्दानीका अवसरहरू खुल्नेछन्। स्रोतसाधन जुट्ने भएकाले दीर्घकालीन लाभ दिने योजना सुरु गर्न सकिनेछ। व्यापार व्यवसायमा प्रतिस्पर्धा भए पनि बुद्धिको प्रयोगले लाभ उठाउन सकिनेछ । हिम्मत र पुरुषार्थले उपलब्धि लिन सकिनेछ तर, आज सोचविचार गरेर मात्रै बोल्नुहोस् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन उतारचढावपूर्ण समय रहेको छ । अवसर आए पनि चुनौतिपूर्ण समय भएकोले सीमित प्रतिफलमा चित्त बुझाउनुपर्ला । धैर्य र लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। आफ्ना योजनाबाट अरुले फाइदा लिन सक्ने भएकाले सतर्क रहनुहोस्। खर्च बढ्न सक्छ, स्वास्थ्य र बोलीमा संयमता अपनाउनु होला । योजनाबद्ध ढंगले अघि बढ्दा फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धैर्य र पराक्रमले सफलता दिलाउनेछ। गोप्य जानकारीको सहयोगले फाइदा उठाउन सकिनेछ । अरुको स्वार्थमा प्रयोग हुने सम्भावना रहेको छ, सतर्क रहनुहोला । आज गरिएको हतारको निर्णयले आर्थिक रूपमा घाटा पुर्याउन सक्छ। समयमा काम नगर्दा आम्दानी रोकिन सक्छ, त्यसैले योजना बनाएर गरिएको काममा सफलता मिलनेछ । खर्चमा संयम अपनाउनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन मिहिनेतीहरूका लागि आर्थिक रूपमा विशेष शुभ रहनेछ। व्यापार वा नयाँ लगानीका लागि उपयुक्त समय हो, दिगो लाभ दिलाउने कामको सुरुवात गर्न सकिनेछ। आवश्यक स्रोतसाधन जुट्नेछन्, जसले आम्दानी बढाउने सम्भावना छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ र पराक्रमले अधिकार स्थापित हुनेछ। पारिवारिक सल्लाहले निर्णयहरूमा मार्गदर्शन मिल्नेछ, सावधानीपूर्वक अघि बढ्दा लाभ सुनिश्चित हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज आर्थिक क्षेत्रमा दिगो काम सुरु हुने सम्भावना छ, तर आत्मविश्वास कम भएका कारण अवसर छुट्न सक्छ। हडबडी र गलत बोलिबचनले विवाद र काम दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। शुभचिन्तकको सुझावलाई सम्मान गर्न जरूरी छ। विद्यार्थीहरूका लागि तर्कशक्ति बढ्ने समय छ। आफ्ना कमजोरी सुधार्न मेहनत गर्नुपर्नेछ, अन्यथा आर्थिक फाइदा कम हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज कार्यक्षेत्रमा अधिकारीहरूको प्रशंसा र प्रशासनबाट सहयोग प्राप्त हुने दिन छ। रोकिएका आर्थिक कामहरू पुनः सुरु हुनेछन् र नयाँ कामका प्रस्ताव आउनेछन्। सहयोगीहरूको साथले दिगो र रचनात्मक कार्यमा सफलता मिल्नेछ। प्रतिष्ठित कामबाट नाम र आम्दानी बढ्ने समय छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। सवारी चलाउँदा सावधानी अपनाउनुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन आर्थिक रूपमा मिश्रित रहनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने र कर्जा लिनुपर्ने स्थिति आउन सक्छ। तर, सरसापटमा गएको रकम फिर्ता हुनेछ। लगनशीलताले नयाँ दिगो काम थाल्न सहयोग पुर्याउनेछ। बेसुरमा खर्चले समस्या निम्त्याउन सक्छ, त्यसैले खर्चमा नियन्त्रण गर्न आवश्यक छ। यात्राको प्रक्रिया अघि बढ्ने र टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।