सोह्रखुट्टेको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

सोह्रखुट्टेको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • सोह्रखुट्टेको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
    images
    images

    काठमाडौँ / काठमाडौँ महानगरपालिका–१६, सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आज बिहान आगलागी भएको छ। आगो ग्यास लिकेजका कारण लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ।

    images
    images

    सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दमकलले आगो नियन्त्रणमा लिएको छ। आगलागीले क्यान्टिनभित्र रहेका सामानहरू जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको छ भने कुनै मानविय क्षति नभएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

    आगलागीको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं २४ बाघभैरव गुल्म र काठमाडौँ महानगरपालिकाको वारुणयन्त्र कार्यालयबाट सुरक्षा टोली तत्काल घटनास्थलमा पुगेको थियो। आगो बिहान करिब ८ बजेसम्म पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com