कामना सेवा विकास बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालय, चितवनमा पोशाक वितरण

कामना सेवा विकास बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालय, चितवनमा पोशाक वितरण

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • कामना सेवा विकास बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालय, चितवनमा पोशाक वितरण
    images
    images

    काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री राष्ट्रिय आधारभूत विद्यालय ज्योतिनगर, चितवनका विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ ।

    images
    images

    बैंकको नारायणगढ क्षेत्रका प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा विद्यार्थीहरूलाई पोशाक हस्तान्तरण गरेका छन् । 

    उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत खद्रौली, चितवनस्थित रहेको उक्त विद्यालयका विद्यार्थीलाई गरिएको पोशाक हस्तान्तरणले विद्यार्थीहरूलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

    उक्त कार्यक्रममा बोल्दै बैंकका प्रविण बर्तौलाले भरतपुर महानगरपालिकासँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । 

    उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिती रहेको थियो । 

    यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरूलाई निरन्तरता दिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com