काठमाडौँ / नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले लहानमा पल्सर एन१२५ लन्च गर्ने भएको छ ।
बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझ मार्फत गरिने भतएको हो ।
जेठ ७ गते साँझ ६स्३० बजेदेखि चौधरी होटल, लहानमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निशुल्क हुनेछ।
कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र मानियाको लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्नेछिन् ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो, जसमा १२४।५८ ससिी एयर(कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८।८२ किलोवाट पावर र ११ एनएम टर्क उत्पादन गर्दछ। यो १२५ सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, “एन१२५लाई लहानमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो सङ्ख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।”