काठमाडौँ / बुधबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । अघिल्ला दुई कारोबार दिन लगातार बढेको नेप्से आज भने ७.९४ अङ्कले घटेर २६६९.५१ विन्दुमा झरेको हो।
त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक र फ्लोट इण्डेक्स ०.३३ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंक बढेको छ।
नेप्से परिसूचक घटेको बजारमा आज कारोबार रकम भने उल्लेख्य रूपमा बृद्धि भएको छ । मङ्गलबार ७ अर्ब ३१ करोडको सेयर खरिद बिक्री भएकोमा आज १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
यस दिन ३१६ स्टकको ८८ हजार १२१ पटकमा २ करोड ३० लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।
यस दिन बैंकिङ्ग, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। त्यस्तै, बुधबार जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक बढी १ प्रतिशतले घटेको छ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा बुधबार पनि सर्किट लेभलमा बृद्धि भएको छ । यो कम्पनीको सेयरमूल्य यस दिन ८४ रुपैयाँ ६० पैसा बढेर ९३१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एणड कन्स्ट्रक्सन शेयरमूल्य यस दिन सर्वाधिक ८.३२ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी आज पनि शीर्ष स्थानमा रहेको छ।
सो कम्पनीको यस दिन ७१ करोड ३ लाख ६ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जी नेपालको ५९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको करिब ५८ करोडको सेयर किनबेच भएको छ।