सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो देशभरिका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो देशभरिका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो देशभरिका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी
    images
    images

    काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई अझैँ बढी सशक्त बनाउने उद्देश्यले देशभरिका विभिन्न शाखा तथा उपशाखा कार्यालयहरूमा कर्मचारीको आवश्यकता सहित दरखास्त आह्वान गरेको छ । 
    कम्पनीले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ । 

    images
    images

    कम्पनीले कोशी प्रदेशअन्तर्गत खाँदबारी, ओखलढुङ्गा र दिक्तेल शाखा, मधेश  प्रदेशअन्तर्गत  बर्दिबास, निजगढ र सिमरा शाखा, बागमती  प्रदेश अन्तर्गत  पनौती, कमल विनायक, पुतली सडक, चापागाउँ, एकान्तकुना, भैँसेपाटि, कालिमाटी, सुन्धारा र थनकोट शाखा, लुम्बिनी  प्रदेशअन्तर्गत लमही र रामपुर (पाल्पा) शाखा र गण्डकी प्रदेशअन्तर्गत कुश्मा शाखा कार्यालयका लागि शाखा प्रमुख पदमा तथा काठमाडौँ उपत्यकासहित अन्य शाखाहरूका लागि बजार अधिकृत पदमा केही सङ्ख्यामा कर्मचारी माग  गरेको छ ।

    उक्त पदहरूका लागि जीवन बिमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त संस्थामा कार्य अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरणसहितको आवेदन यही जेठ १८ गते भित्र पठाउन सक्नेछन् ।  

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com