आज वि.सं.२०८२ साल जेष्ठ ८ गते, बिहीबार, ईश्वी सन् २०२५ मे २२ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ कृष्णपक्ष, दशमी तिथी, पूर्वाभाद्रपदा नक्षत्र, आनन्दादिमा–मुद्गर योग, चन्द्रराशि–कुम्भ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो समय आर्थिक हिसाबले चुनौतीपूर्ण देखिन्छ। व्यापारमा लगानी बढे पनि आम्दानी न्यून रहनेछ। आकस्मिक खर्च, विशेषतः औषधि र उपचारमा, बढ्न सक्छ। विदेशी वस्तुको कारोबारमा फाइदा भए तापनि अन्य क्षेत्रबाट अपेक्षित लाभ नआउन सक्छ। बजेटमा दबाब बढ्नेछ, फलस्वरूप सतर्कता र रणनीतिक योजना आवश्यक हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यो समय आर्थिक रूपमा उत्साहजनक रहनेछ। व्यापार व्यवसाय फस्टाउनेछ र साझेदारीबाट लाभ मिल्नेछ। पैत्रिक सम्पत्तिको उपयोगले आम्दानीका नयाँ स्रोत खुल्नेछन्। नयाँ काम तथा पदोन्नतीको अवसरले आय वृद्धि हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रयत्नले छोटो समयमै परिणाम दिनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा सुधार आउने संकेत देखिन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यो समय आर्थिक रूपमा लाभदायक रहनेछ। थोरै मेहनतमा पनि व्यापारबाट मनग्गे आम्दानी प्राप्त हुनेछ। गीत–संगीत, मोडलिङ वा रुचिका क्षेत्रमा लगानी गर्दा नामसँगै दाम कमाउन सकिनेछ। नयाँ काम वा पदोन्नतीको अवसरले आय वृद्धि हुनेछ। विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध विस्तारले भविष्यका आर्थिक अवसरहरू बलियो बनाउनेछन्। मेहनतले ठोस प्रतिफल दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय आर्थिक रूपमा अनुकूल रहनेछ। व्यापारबाट मनग्गे धन आर्जन हुनेछ भने सानो प्रयत्नमै ठूला उपलब्धि सम्भव छन्। नयाँ लगानी वा निर्णय लिनु अघि विचार पुर्याउनु उपयुक्त हुनेछ। अस्वस्थता र बाधाका बाबजुद प्रयत्न गर्दा लाभदायक स्रोत पहिचान हुनेछ। धर्मकर्म र यात्राबाट मानसिक सन्तुलन मिल्नेछ, जसले आर्थिक निर्णयमा स्पष्टता ल्याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो समय आर्थिक रूपमा मिश्रित रहेको छ। केही अप्रत्याशित धन प्राप्तिको सम्भावना रहे पनि खर्च वृद्धि विशेषतः उपचार र फजुलतर्फ देखिन्छ। आर्थिक मुद्दा झन् जटिल बन्न सक्छ, सावधानी आवश्यक छ। भौतिक सम्पत्ति प्रयोग गर्दा सतर्क रहनुहोस्। नियमित आम्दानी कायम रहनेछ, तर बोलचाल र व्यवहारले सहयोगीहरू टाढा हुन सक्छन्, जसले अप्रत्यक्ष आर्थिक असर पार्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यो समय आर्थिक रूपमा सकारात्मक रहनेछ। व्यापार व्यवसाय फस्टाउनेछ र नयाँ प्रकृतिका कामबाट मनग्गे आम्दानी हुने सम्भावना छ। नोकरीमा विश्वास बढ्नेछ, जसले अतिरिक्त अवसर र आम्दानी ल्याउनेछ। विलासी वस्तुमा खर्च बढे पनि प्रभावशाली उपस्थिति कायम गर्न सहयोग मिल्नेछ। सोचविचार गरेर खर्च गर्दा मनोरञ्जन र भौतिक वस्तुहरू सन्तुलित रूपमा जुटाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो समय आर्थिक दृष्टिले फलदायी रहनेछ। व्यापारमा लगानी बढाएर मनग्गे आम्दानी गर्न सकिनेछ। अफिसियल यात्राबाट आर्थिक फाइदा मिल्नेछ भने प्रतिस्पर्धात्मक क्षेत्रमा विजयले आर्थिक विश्वसनीयता बढाउनेछ। पढाइ र प्रतिष्ठाको सुधारले दीर्घकालीन आम्दानीका स्रोत खुल्नेछन्। शत्रु तथा मुद्दा मामिलामा जितले खर्च घटाउँदै लाभ सुनिश्चित गर्नेछ। भौतिक साधनहरू सहजै जुट्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो समय आर्थिक पक्षमा मिश्रित संकेत देखिन्छ। विलासिता र उपहारले खर्च बढाए पनि भौतिक सम्पत्तिमा वृद्धि हुनेछ। शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी बढाउन सकिनेछ, जसले दीर्घकालीन लाभ दिलाउनेछ। पुराना समस्याले अलमल पार्न सक्छन्, सावधानी आवश्यक छ। कानुनी मामिलामा खर्च बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु उपयुक्त हुनेछ। रणनीतिक सोचले वित्तीय सुधार सम्भव छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यो समय पारंपरिक व्यापारभन्दा कृषि, सहकारी तथा पशुपालनजस्ता क्षेत्रमा राम्रो आम्दानीको संकेत देखिन्छ। भौतिक वस्तु र विलासी सामानको व्यापार सुस्त रहनेछ। साझेदारीमा असमझदारी र धोका सम्भव भएकाले सतर्कता आवश्यक छ। नयाँ लगानीभन्दा नियमित कामलाई निरन्तरता दिनु उपयुक्त हुनेछ। योजनाबद्ध रूपमा अघि बढ्दा आर्थिक स्थिरता कायम रहन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय अनुकूल रहेकोले उद्योग र व्यापारमा लगानी बढाएर मनग्य लाभ लिन सकिनेछ। नयाँ कार्य आरम्भ गर्न पाइनेछ र पुराना काम पूरा भएर आम्दानीमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा उच्चपदस्थसँग सम्पर्क बढ्नेछ। मेहनत र हिम्मतले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। सहयोगीहरू जुट्नेछन् र साख फिर्ता हुने सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यो समय लगानी र मेहनतले मनग्गे आम्दानी दिलाउनेछ। खोज तथा अनुसन्धान र अध्यापन क्षेत्रमा उत्कृष्ट नतिजा आउनेछ। पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ। गोपनीयता र सद्व्यवहारले समस्या टर्न हुने सम्भावना छ। खर्च भए पनि साख बचाउन सकिनेछ। नयाँ आर्थिक स्रोतहरू पहिचान हुनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ प्रविधिको प्रयोगले व्यापार विस्तारको अवसर ल्याउनेछ। नयाँ काम खोज्नेहरूलाई नोकरी र पदोन्नतीको सम्भावना छ। व्यवसायमा हठात् निर्णय नगर्नुहोस्, सावधानी अपनाउनु उपयुक्त हुनेछ। सफलताले महत्त्वाकांक्षा बढाउँछ भने मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। खानपान र भेटघाटले केही बाधा ल्याए पनि दिगो काममा सफलता पक्का हुनेछ।