व्यवस्थित योजना नहुँदा विपदको जोखिम बढेको गुनासो

व्यवस्थित योजना नहुँदा विपदको जोखिम बढेको गुनासो

बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • व्यवस्थित योजना नहुँदा विपदको जोखिम बढेको गुनासो
    images
    images

    काठमाडौँ / संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद व्यवस्थापन (विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारवाही, विपद जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा छलफल भएको छ । 

    images
    images

    विहीबार बसेको समितिको बैठकमा उक्त विषयमा छलफल सम्पन्न भएको हो । 
    सोही क्रममा समिति सदस्य गोपी बहादुर सार्की आछामीले यो सबै विपद्का घटना अव्यवस्थित खालको विकासले निम्ताएको विनाश भएको बताएका छन् ।  

    उनले भने, ‘यो सबै विपद्का घटना अव्यवस्थित खालको विकासले निम्ताएको विनाश नै हो । मान्छेको महत्वकांक्ष, आवश्यकता पनि बढ्दै गएको छ । यसकारण मानिसले जुन तरिकाले अहिले विकास गरिरहेको छ, त्यो व्यवस्थित भइरहेको छैन् ।

    यस्तै, उनले नेपाल सरकारको व्यवस्थित खालको योजना नभएको भन्दै भएका बस्तीहरु पनि सरकारको योजना अन्तरगत नपरेको बताए । उनले भने, ‘अर्को भनेको व्यवस्थित खालको योजना पनि छैन् । जति पनि बस्तीहरु छन् । त्यो सरकारको योजना अन्तरगत छैन् । अहिले पहाडतिर पूर्वाधार पुगेको छ, स्कुल, कलेज, बाटो, खानेपानी सबै पुगेको छ । तर लाभग्राहीहरु भने पलायन भएर सहरतिर आएका छन् । यो पनि एउटा चुनौतीको रुपमा देखिएको छ ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com