बजेटमा घोषणा गरिएको १९ खर्ब ६४ अर्ब रुपैयाँ सरकारले कहाँ- कहाँबाट जुटाउँछ ?

बजेटमा घोषणा गरिएको १९ खर्ब ६४ अर्ब रुपैयाँ सरकारले कहाँ- कहाँबाट जुटाउँछ ?

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • बजेटमा घोषणा गरिएको १९ खर्ब ६४ अर्ब रुपैयाँ  सरकारले कहाँ- कहाँबाट जुटाउँछ ?

    सरकारले नियमित कार्यतालिका अनुसार नै आज जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२/ ८३ को लागि १९ खर्ब ६४ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८१/ ८२ को लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याइएको थियो।

    अहिलेसम्म १२ खर्ब २९ अर्ब रुपैयाँ मात्रै बजेट खर्च भएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले केही वितरणमुखी कार्यक्रमसहित सार्वजनिक गरेको बजेटमा पूँजिगत खर्च ४खर्ब सात अर्ब रुपैयाँ रहेको बताएका छन् । यस्तै चालु खर्च १० खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । यस्तैगरी वित्तिय ब्यवस्थापनका लागि खर्च ३ अर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । 

    पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको छ । राजस्व बाँडफाँट बाहेक १३ खर्ब १० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १९ खर्ब ६४ अर्बको बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका छन् ।तर, यति ठूलो रकम कुन कुन श्रोतबाट प्राप्त हुन्छ प्रष्ट हुने सकेका छैनन् । अर्थमन्त्री पौडेलले राजस्वतर्फबाट १३ खर्ब १५ अर्ब रुपैयाँ उठाउने बताएका छन् ।

    यस्तैगरी वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ भर परेका छन् । मन्त्री पौडेलले वैदेशिक ऋण २ खर्ब ३३ अर्ब रुपैयाँ लिने योजना बनाएको घोषणा गरेका छन् । यस्तैगरी आन्तरिक ऋणमार्फत ३ खर्ब ६२ अर्ब रुपैयाँ पूर्ति गरिने बजेट बक्तब्यमा छ । 

    खर्च
    जम्मा खर्चः १९ खर्ब ६४ अर्ब

    चालु खर्चः १० खर्ब ८० अर्ब

    पुँजीगत खर्चः ४ खर्ब ७ अर्ब

    वित्तीय व्यवस्थापन खर्चः ३ खर्ब ७५ अर्ब

    स्रोत

    राजस्वः १३ खर्ब १५ अर्ब

    वैदेशिक अनुदानः ५३ अर्ब ४५ करोड

    वैदेशिक ऋणः २ खर्ब ३३ अर्ब

    आन्तरिक ऋणः ३ खर्ब ६२ अर्ब

    वित्तीय व्यवस्थापन खर्चस् सार्वजनिक ऋणको सावाँ र ब्याज तिर्न तथा सार्वजनिक संस्थानमा गरिने लगानीमा प्रयोग हुने वित्तीय व्यवस्थापन खर्चमा न्युन वृद्धि गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com