माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टचार मुद्दा, नेपालको सांसद् पद निलम्बन

माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टचार मुद्दा, नेपालको सांसद् पद निलम्बन

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टचार मुद्दा, नेपालको सांसद् पद निलम्बन

    काठमाडौँ / पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।

    अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, मुद्दा पूर्व प्रधानमन्त्री नेपालसहितको संलग्नतामा रहेको जग्गा बिक्री प्रक्रियामा अनियमितता भएको आरोपमा दर्ता गरिएको हो।

    आयोगका अनुसार, नेपालसहितका अधिकारीहरूले पतञ्जलि कम्पनीलाई कानुन अनुसार हदबन्दी छुटमा जग्गा खरिद गर्न अनुमति दिएका थिए। तर, त्यसपछि दुई महिनाभित्रै सो जग्गा गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्न स्वीकृति दिएका थिए।

    विवादित जग्गा काभ्रेको बनेपामा रहेको हो। सन् २०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानीमा रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले त्यहाँ ५९३ रोपनी जग्गा खरिद गरेको थियो। 

    सो जग्गामध्ये ३५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ। विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि, नेपालको सांसद पद निलम्बनमा परेको छ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार, कुनै व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा सो व्यक्तिको सार्वजनिक पद स्वतः निलम्बनमा पर्छ। सोही कानुनी प्रावधानअनुसार, नेपालको सांसद पद निलम्बनमा परेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com