शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • images
    images
    शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?
    images
    images

    आज मिति वि.सं.२०८२ साल जेष्ठ २३ गते, शुक्रबार तदनुसार ईश्वी सन् २०२५ जुन ६ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ शुक्लपक्ष, एकादशी, अहोरात्र तिथी, हस्त नक्षत्र, आनन्दादिमा–अमृत योग, चन्द्रराशि–कन्या ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजको दिन तपाईंका लागि चुनौतीपूर्ण रहन सक्छ। पुराना समस्या बल्झिन सक्छन्, जसले मानसिक तनाव बढाउँछ। व्यापारमा आम्दानी कम हुने र खर्च बढ्ने संकेत छन्। नयाँ लगानी नगरी पर्खनु राम्रो हुनेछ। पेशागत क्षेत्र कमजोर देखिन्छ, र आश्वासन दिनेहरूले धोका दिन सक्छन्। ठगी र फजुल खर्चबाट बच्न विशेष सतर्क रहनुहोस्।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आज सामाजिक काममा सक्रियताले आत्मसन्तुष्टि र प्रशंसा दिलाउनेछ। व्यापारमा लगानी लाभदायक हुने देखिन्छ। पढाइमा सुधारले परिवार खुसी हुनेछ। नयाँ अवसरले आत्मबल बढाउनेछ र छोटो अवधिमा फाइदा लिन सकिनेछ। कलात्मक रुचि बढ्नेछ, यात्राबाट रमाइलो अनुभूति हुनेछ। मिहिनेतले राम्रो नतिजा दिलाउने संकेत छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आजको दिन स्वास्थ्य समस्याले काममा बाधा पुर्याउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला। लामो दूरीको यात्रा र आफन्तबाटको टाढोपनले मन खिन्न बन्न सक्छ। अध्ययन र बौद्धिक क्षेत्रमा चाप बढे पनि पारिश्रमिक कम हुन सक्छ। कृषि र घरेलु काममा लगानी लाभदायक हुनेछ। विरोध र आलोचना बढ्न सक्छ, तर धैर्य राखी प्रयत्न दोहोर्याउँदा सफलता मिल्नेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजका कार्यहरू धेरै दौडधुप र मेहनतपछि मात्र पूर्ण हुनेछन्। पुराना मुद्दा तपाईँको पक्षमा नआउन सक्नेछ र नयाँ विवादमा फस्ने सम्भावना पनि छ। उद्योग–व्यवसायमा लगानीले तत्काल फाइदा नल्याए पनि दीर्घकालीन लाभ हुनेछ। प्रतिष्ठित व्यक्तिसँगको तनाव बढ्न सक्छ, तर सामाजिक सञ्जालमार्फत विचार प्रस्तुत गर्न सकिनेछ। मेहनतको आंशिक प्रतिफल मिल्नेछ, तर आर्थिक लेनदेनमा सावधानी अपनाउनु उपयुक्त हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आजको दिन व्यापार व्यवसायमा लाभदायक रहन्छ, आम्दानी वृद्धि हुने संकेत छन्। कला, साहित्य वा सिर्जनात्मक क्षेत्रमा लाग्नेहरूले धन, प्रतिष्ठा र अवसर पाउनेछन्। अध्ययनमा थोरै समय दिए पनि सफलता मिल्नेछ। परिवारको साथ र सहयोगले मन प्रसन्न रहनेछ। चिताएको काम पूरा हुनेछ, मिहिनेतले नाम, दाम र सम्मान दिलाउनेछ। दिगो फाइदाका लागि सम्झौता गर्ने उपयुक्त समय हो।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आजको दिन पढाइ, व्यवसाय र सिर्जनात्मक क्षेत्रहरूमा विशेष सफलता मिल्ने संकेत छन्। अध्ययनमा प्रगति हुँदै आत्मविश्वास बढ्नेछ। व्यापारिक यात्राले लाभ ल्याउनेछ भने नयाँ कामले आयस्रोत वृद्धि गर्नेछ। कलाकारिता, संगीतजस्ता पेशाबाट राम्रै कमाइ हुनेछ। सामाजिक कामले सम्मान दिलाउनेछ। रमाइलो जमघट, विशेष भेटघाट र उपहारले दिन उल्लासमय बन्नेछ। शुभचिन्तकको सल्लाहलाई महत्व दिनुहोस्।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आजको दिन खर्च बढ्नेछ र आर्थिक व्यवस्थापनमा कठिनाइ आउन सक्छ। आम्दानीमा कमी भइरहे पनि छोटो दूरीको यात्रा र विदेशी सामानको व्यापारबाट लाभ हुने संकेत छन्। पढाइमा समय नदिँदा पछि परिनेछ भने स्वास्थ्यमा खर्च बढ्न सक्छ। केही कुरा त्याग्नुपरे पनि प्रयास दोहोर्याउँदा रोकिएका काम बन्न सक्छन्। अधिकारी वर्गको प्रशंसा मिल्नेछ र लगानीका नयाँ अवसर देखिनेछन्। कर्जामार्फत आवश्यक धन जुटाउन सकिने सम्भावना छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज दाजुभाइ वा अग्रजको सल्लाहअनुसार अघि बढ्दा सफलता मिल्नेछ। नयाँ कामले आम्दानीको स्रोत बढाउनेछ, खनिज वा भौतिक सम्पत्तिबाट लाभ हुने योग छ। परिवारसँग रमाइलो समय बित्नेछ र यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ। आर्थिक पक्ष सुदृढ भए पनि आम्दानी तुरुन्त खर्चनुपर्ने स्थिति आउन सक्छ। श्रमको मूल्य पाइए पनि प्रतिफल ढिलो हुन सक्छ। दिगो फाइदा हुने जिम्मेवारी मिल्ने सम्भावना छ, अवसरको सदुपयोग गर्न सजग रहनुहोस्।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आज सरकारी वा पैतृक सम्पत्तिको सदुपयोग गरेर रोजगारी सिर्जना र आर्थिक लाभ लिन सकिनेछ। बौद्धिक क्षमता बढ्नेछ, राजनीतिमा पद प्राप्ति र प्रतिष्ठित व्यक्तिको सहयोगबाट उपलब्धिमूलक काम बन्ने सम्भावना छ। प्रतिस्पर्धा र विद्या क्षेत्रमा सफलता मिल्नेछ। यद्यपि सबैलाई समेटेर काम गर्न नसक्दा योजना अधुरो बन्न सक्छ। साना कामले अल्झ्याउन सक्छन्, र अवसरवादीहरूबाट सावधान रहनु जरुरी छ। दीर्घकालीन योजना बनाएर अघि बढ्नु उपयुक्त हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आज धार्मिक यात्राले मन शान्ति दिनेछ र टिका–प्रसाद ग्रहण गर्ने अवसर हुनेछ। साथीभाइ र आफन्तको सहयोगमा नयाँ योजना अघि बढ्नेछ। अनुसन्धान र शैक्षिक यात्राले सफलता मिल्ने सम्भावना छ। थोरै लगानीबाट आर्थिक समृद्धि हुने ग्रहयोग छ। सामाजिक दायित्वमा सक्रियता बढ्नेछ र शुभचिन्तकहरूको साथले करियरमा उन्नति हुनेछ। मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउनेछ भने तारिफयोग्य कामले लोकप्रियता बढाउनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    हल्लामा नपरी सत्यता बुझेर अगाडि बढ्नुपर्छ, नत्र दुःख पर्न सक्छ। पुराना रोगले सताउन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुहोला। अनावश्यक यात्रा र खर्चले मन चिन्तित हुन सक्छ। अरूको काममा समय खर्चेर आफ्ना काम पछि पर्न सक्छन्। सवारी चलाउँदा सावधानी अपनाउनु आवश्यक छ। विवाद समाधान हुनेछन्, तर परिवारको पूर्ण साथ नपाउन सक्छ। नोकरी र व्यापारमा नयाँ अवसर मिल्नेछ। गोपनीयता कायम राख्न ध्यान दिनुहोला। प्रयास दोहोर्याउँदा गुमेको रकम जोगाउन सकिन्छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    बौद्धिकता र विवेकले काम गर्दा मनग्गे आम्दानी हुनेछ। साझेदारी व्यवसायबाट लाभ मिल्नेछ र परिवारसँग मिठो भोजनको अवसर पनि हुनेछ। विपरीत लिङ्गप्रति आकर्षण बढ्नेछ र बिलासी वस्तुले ध्यान तान्नेछ। आँटेको काम समयमा पुरा हुनेछ, तर भेटघाटमा अलमल र झमेलाको सम्भावना छ। व्यापारमा फाइदा कम हुने देखिन्छ, नयाँ योजना सुरु गर्न समय पर्खनु पर्छ। कर्जा–उधारोमा सावधानी अपनाउनुहोला।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com