संकल्पको ‘झुठै भए नि’मा सागर र मनिषाको अन्स्क्रिन प्रेम  (भिडिओ)

संकल्पको ‘झुठै भए नि’मा सागर र मनिषाको अन्स्क्रिन प्रेम  (भिडिओ)

शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • images
    images
    संकल्पको ‘झुठै भए नि’मा सागर र मनिषाको अन्स्क्रिन प्रेम  (भिडिओ)
    images
    images

    काठमाडौँ / नवगायक संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भए नि’ सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन्। गीतको म्युजिक भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन्। 

    भिडियोलाई जीवन्त बनाउन कलाकार सागर थापा, ध्रुव, मनिषा गुरुङ र रोहन नेपालीको अभिनय देख्न पाइन्छ।

    भिडियोको छायाङ्कन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन्। कथा, पटकथा र सह–निर्देशन सैलेश त्साजनले सम्हालेका छन्।

    चंगा प्रोडक्सनको प्रस्तुति रहेको यो म्युजिक भिडियो गायक श्रेष्ठकै युट्युब च्यानल ‘संकल्प  श्रेष्ठ’मार्फत सार्वजनिक गरिएको हो। 

    भिडियोका निर्माता विवेक गुरुङ हुन्। निर्माण टोलीले भिडियो हेरेर आफ्ना सुझाव तथा प्रतिक्रिया दिन सबै दर्शक–श्रोतालाई आग्रह गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com