इटहरीमा टाटा योधा १.५ टी को क्षेत्रीय लञ्च

इटहरीमा टाटा योधा १.५ टी को क्षेत्रीय लञ्च

बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • इटहरीमा टाटा योधा १.५ टी को क्षेत्रीय लञ्च

    इटहरी / नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटा योधा १.५ टी को क्षेत्रीय लञ्च कार्यक्रममा इटहरीमा सम्पन्न गरेको छ।

    कम्पनीले व्यवसायिक प्रयोजनका लागि ल्याइएको टाटा योधा विभिन्न उद्योग र व्यवसायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा एक कार्यक्रमबिच लञ्च गरेको हो । 

    कार्यक्रमका प्रमुख अतिथि तथा सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष राम स्वरूप शर्माले नेपाली भूगोल र सडक अवस्थालाई ध्यानमा राख्दा टाटा गाडीहरू उपयुक्त रहेको बताए ।

    उनले योधा १.५ टी सवारीलाई टिकाउ, किफायती र भरपर्दो गाडीको रूपमा उल्लेख गर्दै बिक्रीपछिको उत्कृष्ट सेवा सिप्रदीले उपलब्ध गराउँदै आएको बताए।

    कार्यक्रममा विशेष अतिथिका रूपमा अशोक जैन, मनोज कुँवर, जितेन्द्र दाहाल, राजेश खनाल र राजेन्द्र राईलगायतको उपस्थिति रहेको थियो।

    सिप्रदी ट्रेडिङ्गका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले टाटा योधा र सिप्रदीको सफलता सिर्जनशील प्रविधि, भरपर्दो सवारी र सशक्त सेवा सञ्जालको संयोजन रहेको बताए। 

    उनले सिप्रदीको उद्देश्य गाडी बिक्रीमा मात्र सीमित नभई ग्राहकहरूसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्दै व्यवसायिक यात्रामा साथ दिने प्रतिबद्धता जनाए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com