नेप्से परिसूचक घटेको बजारमा बढ्यो कारोबार रकम, होटल तथा पर्यटन सेक्टरमा आकर्षण

नेप्से परिसूचक घटेको बजारमा बढ्यो कारोबार रकम, होटल तथा पर्यटन सेक्टरमा आकर्षण

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • नेप्से परिसूचक घटेको बजारमा बढ्यो कारोबार रकम, होटल तथा पर्यटन सेक्टरमा आकर्षण

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.०८ अङ्कले घटेको छ । बुधबार घटेको बजार बिहीबार पनि घट्दा नेप्से परिसूचक २६५५.८२ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेको बजारमा कारोबार रकम भने बढेको छ । 

    आज बजारमा २४८ कम्पनीका ३११ वटा स्टकको २ करोड ८६ लाख कित्ता सेयर १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। 

    आज ठुला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स १.९९ अङ्कले घटेको छ भने फ्लट इन्डेक्स ०.५९ प्रतिशत र सेन्सेटिभ फ्ल्ट इन्डेक्स ०.७४ प्रशितले घटेको छ । 

    आज कारोबारमा आएका कम्पनीहरूमध्ये ९९ वटाको मूल्य बढेको छ भने १४९ वटाको मूल्य घटेको छ। बजारमा आज १३ मध्ये चार समूह बढेको छ भने बाँकी सबै समूह घटेको छ । 

    आज होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी २‍.१४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, वित्त, हाइड्रोपावर र म्युचुअल फण्ड पनि सामान्य बढेको छ । यता, विकास बैङ्क र व्यापार समूह सबैभन्दा बढी १ प्रतिशतले घटेको छ भने अन्य समूहको सूचक पनि घटेको छ ।  

    बिहीबार प्योर इनर्जीको सेयर मूल्यमा ९.९९ प्रतिशतको बृद्धि देखिएको छ । त्यस्तै, चन्द्रागिरी हिल्सको सेयर मूल्य ६.७८ प्रतिशतले बढेको छ । 

    आज गुराँस लघुवित्तले सबैभन्दा बढी गुमाएको छ । यो कम्पनी ९.९० प्रतिशत गिरावटसहित सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको हो। 

    कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर कम्पनी १ अर्ब ८ करोड १८ लाख ८८ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । दोस्रो स्थानमा रहेको सानिमामाई हाइड्रोपावरको ७५ करोड ३८ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com