श्रीमतीको नाउँमा सरकारी स्करपियो, सरकारलाई नै भाडामा !, जनकपुर क्षेत्र विकास परिषद्‍मा व्यापक भ्रष्टाचार

श्रीमतीको नाउँमा सरकारी स्करपियो, सरकारलाई नै भाडामा !, जनकपुर क्षेत्र विकास परिषद्‍मा व्यापक भ्रष्टाचार

बिहिवार, असार ५ २०८२
बिहिवार, असार ५ २०८२
  • श्रीमतीको नाउँमा सरकारी स्करपियो, सरकारलाई नै भाडामा !, जनकपुर क्षेत्र विकास परिषद्‍मा व्यापक भ्रष्टाचार

    काठमाडौँ / बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍मा देखिएको व्यापक भ्रष्टाचार भएको फेला परेको छ । विशेष अदालत काठमाडौँमा अख्तियारले हालेको मुद्दा अुनसार पूर्व कार्यकारी निर्देशक बलराम ठाकुरले आफ्नै श्रीमतीको नाउँमा स्करपियो गाडी खरिद गरेको देखिएको छ ।

    यस्तै आरोपितहरुले मिलेमतो गरी लाखौं रुपैयाँ हिनामिना गरेको तथ्य अख्तियारले निकालेको छ । विशेष अदालतमा आज निर्देशक सहित  आठ जनाविरुद्ध अनुसन्धानमा तानेको हो । 

    पूर्व कार्यकारी निर्देशक ठाकुरमाथि परिषद्‍को रकम अनियमित रूपमा खर्च गरी श्रीमतीको नाममा स्करपियो गाडी खरिद गराएको देखिएको छ । यस्तैगरी यात्री निवास मर्मत तथा गेट निर्माणका योजनाहरूमा उपभोक्ता समितिको दुरुपयोग गरी लाखौं रकम हिनामिना गरेको देखिएको छ । 

    अख्तियारका अनुसार, ठाकुरले आफ्नो कार्यकाल (२०७५ मंसिर ५ देखि २०७९ मंसिर ४) को अवधिमा योजना सम्झौताका नाममा एक पक्षीय निर्णयमार्फत गाडी खरिद, पेश्की भुक्तानी, इन्धन तथा मर्मत खर्चमा समेत फर्जी कागजात प्रयोग गरी करिब ५१ लाख ७१ हजार रुपैयाँभन्दा बढी भ्रष्टचार गरेको तथ्य फेला पारेको छ । 

    ठाकुरसँगै आरोपित अन्य व्यक्तिहरू
    अन्य आरोपितहरूमा परिषद्का तत्कालीन लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरंजीबीराज शर्मा ढुङ्गाना, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, सवारी चालक विक्की चौधरी, उपभोक्ता समिति अध्यक्ष विजय कुमार यादव, कोषाध्यक्ष बविता साह, ठेकेदार जितेन्द्र कुमार यादव र श्रीमती इन्दुलेखा ठाकुर परेका छन्।

    गाडी खरिदमा श्रीमतीको नाम प्रयोग
    बिना प्रक्रिया रु.१० लाख अग्रिम भुक्तानी गरेर खरिद गरिएको स्करपियो गाडी श्रीमती इन्दुलेखा ठाकुरको नाममा नामसारी गरिएको पाइएको छ। 

    त्यही गाडी पछि परिषद्को कामका लागि प्रयोग भएको देखाएर इन्धन, मर्मत र भाडा वापत गैरकानुनी रूपमा थप लाखौं रकम निकासा गरिएको अख्तियारको भनाइ छ।

    पेस्की तथा योजना खर्चमा समेत अनियमितता
    २०७५ ७६ सालमा यात्री निवास मर्मत सम्भारका लागि प्रदेश सरकारबाट आएको रु.९० लाख बजेट उपभोक्ता समितिमार्फत खर्च गरिएको देखिए पनि समितिको खाताबाट फेरि परिषद्कै कर्मचारीको खातामा रकम स्थानान्तरण भएको पाइएको छ। 

    उक्त रकमबाट समेत श्रीमतीको गाडी भुक्तानीमा खर्च गरिएको उल्लेख छ।

    कानुनी आधारमा सजायको माग : आयोगले आरोपितहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को विभिन्न दफाको उल्लंघन गरेको ठहर गर्दै बिगो रकम असुल गर्ने र कारावास तथा जरिवानासमेतको सजाय माग गर्दै मुद्दा दायर गरेको हो । 

    सबै प्रतिवादीमाथि भ्रष्टाचार ऐन अन्तर्गत कैद, जरिवाना र बिगो असुल गर्ने मागदाबी गरिएको छ भने श्रीमती इन्दुलेखा ठाकुरसहित केहीलाई मुख्य कसूरदार सरह सजाय हुनुपर्ने माग गरिएको छ।

    प्रतिवादीहरूको नामावली र बिगो रकम संक्षेपम यस्तो छ 

    बलराम ठाकुर (कार्यकारी निर्देशक) 
    रु. 51,71,844.74

    सावित्री गिरी (लेखापाल) : रु. : 30,72,844.74

    चिरंजीबीराज ढुङ्गाना (प्रशासकीय अधिकृत) : रु.10,01,876.07

    कृष्ण मुरारी सिंह (कम्प्युटर अधिकृत) :  रु. 14,99,000

    विक्की चौधरी (सवारी चालक)ः रकम उल्लेख नभएको

    विजय कुमार यादव, बविता साह (उपभोक्ता समिति):  रु.20,99,000

    जितेन्द्र यादव (ठेकेदार) :  रु. 2,00,000

    इन्दुलेखा ठाकुर (बलराम ठाकुरकी श्रीमती) : रु.45,22,845.02

    सार्वजनिक पदको दुरुपयोग गरी निजी लाभ उठाएको पुष्टि भएकाले यो मुद्दा गम्भीर भ्रष्टाचारसम्बन्धी रहेको आयोगको ठहर छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com